साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमाको सम्झना

आमा बसेर मेरी धर्ती न साँगुरो थ्यो सोध्दैछु दैवलाई के बिघ्न लादियो यो ? थेग्नै कठोर पर्ने झन् वेदना दिलायो के दैव निष्ठुरी हो आक्रोस भित्र आयो॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

खेदेर जिन्दगीले पार्दैछ भाग्य खोटो
मैलो र पातलो झैँ लाग्दैछ भित्र भोटो
एक्लोबनी पछ्यौरी झुन्डिन्छ त्यो कुनामा
गाह्रो भयो मलाई बिर्सेर बस्न आमा॥१

सम्झिन्छु काख तातो सम्झिन्छु त्यो अँगालो
बस्ने लुकेर पोल्टो रोजै गरेर पालो
दिन्थिन् समान माया छोरी र पुत्रलाई
को गर्नसक्छ आमा त्यो बैँसमा बिदाइ ?॥२

आमा विना बनेको भान्छा हुँदैन प्यारो
घाँटी सुकेर ज्यादा गाँसै छ निल्न गाह्रो
पीयूषतुल्य लाग्थ्यो आमा हुँदा त आँटो
लाग्दैन स्वाद केही जिभ्रो हुँदैछ लाटो॥३

मातृत्व भित्र यस्तो के तत्व हुन्छ कुन्नि ?
गर्दा ठुलो बिलौना कोही भएन सुन्नी
आमासँगै छुटायो बच्चा वियोग पारी
फिर्ता न हुन्छ चोला मैले मुमा पुकारी॥४

आमा बसेर मेरी धर्ती न साँगुरो थ्यो
सोध्दैछु दैवलाई के बिघ्न लादियो यो ?
थेग्नै कठोर पर्ने झन् वेदना दिलायो
के दैव निष्ठुरी हो आक्रोस भित्र आयो॥५

आमा बनाउने को त्यो दैव लाग्छ जाती
आमा चुँडेर लाने त्यो दैव लाग्छ घाती
जानेर सत्यलाई बाटो नयाँ समाती
आराधना र पूजा कास्को गरूँ म साथी ?॥६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x