साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एकताको रहस्य

ती नेताहरूको छलफल सुन्दा मैले बल्ल बुझें- एकताको परिभाषा फरक रहेछ । उनीहरू साँच्चै ‘एक’ थिए, तर ‘देश’ भने पर... कतै टाढा हराएको रहेछ ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

“पत्याउनोस् न ! हामी एक छौँ क्या !” नेताजीले हात हल्लाउँदै मञ्चबाट भने । उपस्थित भीडले तालीको गडगडाहटले सभा हल्लायो । म पनि झस्किएँ । आखिर, एकताको यस्तो माहौल मैले पहिलो पटक देखेको थिएँ ।

सभा सकिएपछि नेताजीहरूलाई पछ्याउँदै म चिया पसलसम्म पुगेँ । तीनवटा चर्का गाडीहरूको भीडभित्रबाट नेताजीहरू ओरालिँदै थिए । म सिधै गएर सोधिहालेँ, “नेताजी, आज तपाईँको भाषणले एकताको महत्त्व अझै गहिरो महसुस गरायो । तर, एउटा कुरा बुझ्न मन लाग्यो, यो ‘हामी एक छौँ’ भन्ने रहस्य के हो ?”

नेताजी हाँस्दै भने, “हेर्दा केटाकेटी जस्तो लाग्छौ, बुझ्न त बूढाको खप्पर चाहिन्छ । एकताको शक्ति भनेकै ‘हामी सबै मिलेर चिथोर्ने कला’ हो ।”

“अनि देशलाई कता लैजाँदै हुनुहुन्छ ?” मैले फेरि सोधेँ ।

उनले चियाको घुट्की लिँदै हाँसेर भने, “देश ? त्यताका कुरा नसोच । हामी हाम्रो बाटोमा छौँ । देश आफ्नै बाटोमा ।”

त्यही बेला अर्को नेताजीले थपे, “देशलाई लाँदैछौँ भनेर धेरै दिमाग नलगाऊ, हिजो जता थियो, आज पनि उतै छ । हामी जता लैजाँदा पनि ‘एक’ छौँ ।”

ती नेताहरूको छलफल सुन्दा मैले बल्ल बुझें- एकताको परिभाषा फरक रहेछ । उनीहरू साँच्चै ‘एक’ थिए, तर ‘देश’ भने पर… कतै टाढा हराएको रहेछ ।

चिया सिध्याएर म हिँड्न थालेँ। मनमनै भनेँ, “पत्याउनोस् न ! हामी साँच्चै एक छौँ, देशको दुर्दशामा !”

०००
२०८१ पुस २७ गते ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x