नन्दलाल आचार्यएकताको रहस्य
ती नेताहरूको छलफल सुन्दा मैले बल्ल बुझें- एकताको परिभाषा फरक रहेछ । उनीहरू साँच्चै ‘एक’ थिए, तर ‘देश’ भने पर... कतै टाढा हराएको रहेछ ।

नन्दलाल आचार्य :
“पत्याउनोस् न ! हामी एक छौँ क्या !” नेताजीले हात हल्लाउँदै मञ्चबाट भने । उपस्थित भीडले तालीको गडगडाहटले सभा हल्लायो । म पनि झस्किएँ । आखिर, एकताको यस्तो माहौल मैले पहिलो पटक देखेको थिएँ ।
सभा सकिएपछि नेताजीहरूलाई पछ्याउँदै म चिया पसलसम्म पुगेँ । तीनवटा चर्का गाडीहरूको भीडभित्रबाट नेताजीहरू ओरालिँदै थिए । म सिधै गएर सोधिहालेँ, “नेताजी, आज तपाईँको भाषणले एकताको महत्त्व अझै गहिरो महसुस गरायो । तर, एउटा कुरा बुझ्न मन लाग्यो, यो ‘हामी एक छौँ’ भन्ने रहस्य के हो ?”
नेताजी हाँस्दै भने, “हेर्दा केटाकेटी जस्तो लाग्छौ, बुझ्न त बूढाको खप्पर चाहिन्छ । एकताको शक्ति भनेकै ‘हामी सबै मिलेर चिथोर्ने कला’ हो ।”
“अनि देशलाई कता लैजाँदै हुनुहुन्छ ?” मैले फेरि सोधेँ ।
उनले चियाको घुट्की लिँदै हाँसेर भने, “देश ? त्यताका कुरा नसोच । हामी हाम्रो बाटोमा छौँ । देश आफ्नै बाटोमा ।”
त्यही बेला अर्को नेताजीले थपे, “देशलाई लाँदैछौँ भनेर धेरै दिमाग नलगाऊ, हिजो जता थियो, आज पनि उतै छ । हामी जता लैजाँदा पनि ‘एक’ छौँ ।”
ती नेताहरूको छलफल सुन्दा मैले बल्ल बुझें- एकताको परिभाषा फरक रहेछ । उनीहरू साँच्चै ‘एक’ थिए, तर ‘देश’ भने पर… कतै टाढा हराएको रहेछ ।
चिया सिध्याएर म हिँड्न थालेँ। मनमनै भनेँ, “पत्याउनोस् न ! हामी साँच्चै एक छौँ, देशको दुर्दशामा !”
०००
२०८१ पुस २७ गते ।
Subscribe
Login
0 Comments
Oldest










































