साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बन्ने छु मै देवता

ढाट्ने हुन्छ सधै अगाडि जनको पिछ्लग्गु विद्वान भो। मेरा कारण पाउमा हजुरको, पर्नेछ विद्वान जो।। छोरो पढ्न सकेन भनेर कहिलै, चिन्ता नगर्नू पिता। झुट्टा बोल्न सके भने म सबको, बन्ने छु मै देवता।।

Nepal Telecom ad

बालकृष्ण खनाल :

छोरो अनपढ भो भनेर बिचरा चिन्ता गरेछन् पिता।
नेता बन्दछ यात ऊ अनपढा या बन्छ ऊ देवता।।
नेता बन्न रहेछ धेर सजिलो,या रैछ देवता हुन।
धेरै ढाट्न सके कुदेर दुनिया पुग्नेछ गोडा छुन।।

विद्या हाँसिल गर्न पो किन पर्‍यो, चिन्ता नगर्नू पिता।
जो विद्वान हुँ भन्छ धेर उसको, बन्नेछु मै देवता।।
ढोग्ने छन् सबले मलाइ निहुरी,हेदेव ता ज्यू भनी।
गोडा मिच्न लगाउनेछु सजिलै, मै देवता हौ भनी।।

नेताले पनि पढ्न कै परेन जमना हाम्रै रहेछन् निका।
नेता बन्छु म देशको अनपडा, के दु:ख मान्छौ पिता।।
नेता बन्न सके भने म बनुला, हारे भने देवता।
छोरो भन्छ सधै उमङ्ग मनले, के दु:ख मान्छौ पिता।।

ढाट्ने हुन्छ सधै अगाडि जनको पिछ्लग्गु विद्वान भो।
मेरा कारण पाउमा हजुरको, पर्नेछ विद्वान जो।।
छोरो पढ्न सकेन भनेर कहिलै, चिन्ता नगर्नू पिता।
झुट्टा बोल्न सके भने म सबको, बन्ने छु मै देवता।।

खन्नेछन् जनता हुदै नभयको,बाटो सधै स्वर्गको।
लाग्नेछन् झुटका सधै पछिपछी भोगेर तन नर्कको।।
खोज्छन् देव अनेत्र भक्त हुँभनी जो उल्लु हुन्छन् तिनी ।
जो बस्ला घरमा पुजेर देवझै,माता पिताका चुमी ।

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
0
Would love your thoughts, please comment.x
()
x