साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रोगी सर्जक

आफूलाई प्रोस्टेड क्यान्सरले झम्टेपछि एक अच्छेर लेख्न सकेको छैन्। लेखेर के गर्नु ? १० वर्ष अगाडि बितेका महाकाव्यकार "पानीआन्द्रे" लाई बल्ल अस्ति मरणाेप्रान्त "चिरञ्जीवी स्मृति सम्मान" अर्पण गरे।

Nepal Telecom ad

आर. सी. रिजाल :

वृद्ध साहित्यकारका जमघटमा म कहिलेकाहीँ उपस्तिथि जनाउन पुग्छु।आजको उपस्थितिमा –
कविताराम ” पिलन्धरे” ले गनथनको सुरुवात गरे – प्रेसर, थाइराइड त छँदैथ्यो।अब साथी बन्न सुगर पनि आइपुग्यो।

आख्यानकुमार “मरन्च्यासे” ले – ए आत्तिन पर्दैन। मेरो शरीर त रोगको श्रोत नै हो। मेरो सल्लाह अनुसार औषधि सेवन गर। रोग छुसी त तिन महिनामा सफाचट । डाक्टरलाई त म सल्लाह दिनेगर्छु भने।

मैले कुरा मोड्ने हिसाबले “पिलन्धरे” दाइलाई – तपाईंको नयाँकृति केही आउँदै छ कि भन्दा उनले पनि – अब कृति हैन, रोगको नयाँ संस्करण थपिने जस्तो छ भने।

मरन्च्याँसेले – आफूलाई प्रोस्टेड क्यान्सरले झम्टेपछि एक अच्छेर लेख्न सकेको छैन्। लेखेर के गर्नु ? १० वर्ष अगाडि बितेका महाकाव्यकार “पानीआन्द्रे” लाई बल्ल अस्ति मरणाेप्रान्त “चिरञ्जीवी स्मृति सम्मान” अर्पण गरे। आफूलाई भने त्यो समाचार सुनेको दिनदेखि अर्को रोग डिप्रेसनले साथ दिन लागेको छ।।

मैले – हजुरहरुबाट केही बौद्धिक ज्ञान प्राप्त हुन्छ कि भनेर सुन्न आएको। अब रोगको कुरा छाडौं सिर्जनाका कुरा गरौंं भन्दा अर्का “बकमफुसे ” उपनामधारी दारी बुढाले झर्केर – भुत्राको सिर्जना गर्नु। साहित्यका सबै विधामा ग्रन्थ प्रकाशित गरिसकेँ। अब त तिनै ग्रन्थको ब्याज खाएर उग्राएर बस्ने हो भने।

यतिबेला मलाई भारतीय हास्यव्यङ्ग्यकार हरिशंकर परसाईंको भनाई स्मरण भयो।उनले – “हिजोआज बुढा साहित्यकारका जमघटमा सिर्जना हैन रोगका मात्र कुरा गर्छन्” भनेको।

०००
मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोख नै दोख

कोख नै दोख

आर.सी. रिजाल
अदालत

अदालत

आर.सी. रिजाल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
फोहरी हात

फोहरी हात

आर.सी. रिजाल
कथुरी

कथुरी

आर.सी. रिजाल
वीरगति

वीरगति

आर.सी. रिजाल
0
Would love your thoughts, please comment.x
()
x