साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली साहित्य समाजको साधारणसभामा जेनजी पुस्ता प्रमुख अतिथि

दिलिशा मानन्धरज्यूको प्रमुख आतिथ्य एवम् नोवेल साकोसका संस्थापक अध्यक्ष राजनप्रसाद न्यौपाने साथै सोही विद्यालयका प्रार्चाय रवि दुवालको विशेष आतिथ्य रहेको थियाे ।

Nepal Telecom ad

लगाम पक्डिँदै सही सुमार्गमा हिँडाउने
मियो सदस्य बन्दछन् खरो गरी टिकाउने
छरेर काव्यका बियाँ उमार्न सक्तछौँ सदा
फुलाउँछौँ फलाउँछौँ यहीँ रमेर सर्वदा ।।

भक्तपुर, २०८२ भाद्र ३१ । भक्तपुर बुढ्यौली साहित्य समाजको चौथो साधारण सभा समाजका अध्यक्ष कविराज घिमिरेको अध्यक्षतामा अक्सफोर्ड प्राक्टीकल स्कुल सल्लाघारीमा सम्पन्न भयो ।

जेनजी पुस्ताकी यसै विद्यालयकी कक्षा १२ परीक्षा दिएर बसेकी छात्रा (एसइइ २०७९ की उत्कृष्ट) दिलिशा मानन्धरज्यूको प्रमुख आतिथ्य एवम् नोवेल साकोसका संस्थापक अध्यक्ष राजनप्रसाद न्यौपाने साथै सोही विद्यालयका प्रार्चाय रवि दुवालको विशेष आतिथ्य रहेको कार्यक्रमका सञ्चालक समाजका सचिव जीवनाथ अधिकारी हुनुहुन्थ्यो ।

सुरुमा समाजका उपाध्यक्ष दीनानाथ पोखरेलद्वारा स्वागत मन्तव्य गरिएको थियो । पहिलो सत्रमा प्रमुख अतिथि र विशिष्ट अतिथिद्वयका विचार प्रस्तुत भएपछि सभापतिबाट सभा अन्त्य गरियो ।

प्रमुख अतिथिबाट समसामयिक जेनजी आन्दोलनका बारेमा र युवाको भूमिकामा बारेमा बोल्दै आफूलाई यो अवसर दिनुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो । विशेष अतिथि रवि दुवालज्यूबाट युवा पुस्तालाई प्राथमिकता दिइएकोमा खुसी व्यक्त गर्नु भयो साथै राजनप्रसाद न्यौपानेज्यूबाट २००भन्दा बढी विद्यालयलाई पुस्तक हस्तान्तरण गर्ने वचन दिँदै समाजको आजीवन सदस्य बन्ने घोषणा गर्नुभयो ।

त्यसपछि बन्दसत्र प्रारम्भ गरियो। माइनट लेखन समितिमा दीनानाथ पोख्रेल डा सीता सुवेदी र रामशरण कार्की चयन हुनुभयो । सचिवद्वारा संस्थाको कार्यपत्र,कोषाध्यक्ष वसन्ती भुजेलद्वारा आर्थिक प्रतिवेद र अध्यक्षद्वारा आगामी कार्ययोजना प्रस्तुत गरिए ।

गहन छलफल पश्चात् सबै प्रतिवेदन स्वीकृतपछि समाजमा सदस्य रामशरण न्यौपानेज्यूले सबैलाई धन्यवाद दिनुभयो । यही साधारणसभाले आव २०८२-०८३ का लागि लेखापरीक्षक नियुक्ति गर्न कार्यसमितिलाई अधिकार प्रत्यायोजन गर्यो ।

अन्त्यमा अध्यक्षज्यूबाट चौथो साधारणसभा पूर्ण भएको जानकारी दिँदै सभा विर्सजन गर्नुभयो । जय साहित्य !!

०००
कविराज घिमिरेकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कथुरी

कथुरी

आर.सी. रिजाल
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x