साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध बाआमाहरूलाई दाेसल्ला ओडाएर सम्मान्

पार्वता स्मृति साहित्य प्रतिष्ठानद्वारा आमा पार्वताको स्मरणमा असी वर्षका वृद्ध बा आमाहरूलाई दाेसल्साओडाएर सम्मान् गरिएको हाे ।

Nepal Telecom ad

दाङ, २०८२ असौज २५ । वृद्ध बा आमाहरूलाई दाेसल्ला ओडाएर सम्मान् कार्यक्रम पाण्डे समाजको भवनमा सम्पन्न भएको छ।

पार्वता स्मृति साहित्य प्रतिष्ठानद्वारा आमा पार्वताको स्मरणमा असी वर्षका वृद्ध बा आमाहरूलाई दाेसल्ला ओडाएर सम्मान् गरिएको हाे ।

कार्यक्रम पाण्डे समाजका भवानी प्रसाद पाण्डेका सन्ततीहरूले आफ्नो मासिक बैठक आयोजन गरेर गरेका छन्। प्रतिष्ठानकी अध्यक्ष श्रीमती देबादेवी पाण्डे र सुरेशकुमार पाण्डेद्वारा १६ जना वृद्धाहरूलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन्।

सम्मानित हुनेहरूमा कुबीर पाण्डे, चेतु पाण्डे, श्रीमती मिना पाण्डे, श्रीमति निमा पाण्डे, श्रीमती डोम्वरादेवी पाण्डे, मानप्रसाद रिजाल, रविलाल पार्दे, टीकाराम रिजाल, श्रीमती टीका रिजाल, वेदप्रसाद खनाल, तुलसादेवी सुवेदी, कुलराज पाण्डे, श्रीमती हेड्मा भुसाल, श्रीमती अम्विका पाण्डे, टुल्कप्रसाद पाण्डे, रोमहर्ष बस्याल रहेका छन्।

श्री नवराज पाण्डेको अध्यक्षता र लुमाकान्त पाण्डेको सञ्चालनमा सुरू भएकाे कार्यक्रममा स्वागत श्रीमती जानुका पाण्डेले गरिन्।

कार्यक्रम पाण्डे समाजका उपाध्यक्ष श्री मात्रिकाप्रसाद पाण्डे प्रमुख अतिथि र हरिप्रसाद पाण्डे विसशष्ट अतिथि हुनुहुन्थ्यो।

अथितिहरूमा प्रेमलाल पाण्डे, पिमा पाण्डे, नारायणप्रसाद पाण्डे, सिता पाण्डे, देबा पाण्डे, सुरेशकुमार पाण्डे लगायतले रहेका थिए।
स्मरण रहोस् आमा पार्वताको सम्झनामा बिगत तीन वर्ष देखि ८० वर्षका बुढा बुढी बाआमाहरूलाई “पार्वता स्मृति साहित्य प्रतिष्ठान”ले सम्मान गर्दै आएको छ।

०००
सुरेशकुमार पाण्डेद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x