साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश- ५८)

आमाले मनशान्त राख्न हितको बाटो दिइन् स्नेहले। बाबाले कृत कर्म टिप्न हितका ऊर्जा दिए यत्नले।। सम्झी प्रेरक भाव दिव्य भवका सम्झेर ज्ञानी बने। पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

अग्लिन्छन् मनसौख्य कर्म बलले जानेर खन्दा पथ ।
बाटो योग्य चुनी दगुर्छ सहजै यो जीवनीको रथ।।
आनन्दीपन मिल्दछन् कृतकला सायुज्यगामी चुने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।८१।।

आफ्ना जन्म दिने महान् जनहरू बिर्सन्छ जल्ले जहाँ।
त्यस्ता चेतविहीन हुन् पशु सरी बुझ्दैन कल्ले यहाँ ?
सङ्लो होस् मनभावना मनुजको को त्याग्छ मान्छे बने ?
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।८२।।

पाकाबाट लिई सबै शुभकला पक्री म जागेँ भने ।
मान्छे बन्न सकिन्छ योग्य भवको सन्मार्ग लागेँ भने।।
जाने यो भव हिँड्छ मानव बनी सङ्लो सुबाटो खने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।८३।।

मान्छेले गुण टिप्नुपर्दछ निका संसार यो स्वर्ग छ ।
मिल्छन् सौख्य अपार हर्ष मनमा आनन्द उत्कर्ष छ ।।
कर्मै हो सुख दुःख यो भुवनको जानेर छान्यो भने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।८४।।

आमाले मनशान्त राख्न हितको बाटो दिइन् स्नेहले।
बाबाले कृत कर्म टिप्न हितका ऊर्जा दिए यत्नले।।
सम्झी प्रेरक भाव दिव्य भवका सम्झेर ज्ञानी बने।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।८५।।

०००
सुम्बेक, इलाम नगरपालिका वडा नं ०२ , इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x