साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुर्गादेवी ढकालको तेस्रो कृति `बुढ्यौलीको कलम´ विमोचन

कार्यक्रममा बुढ्यौली साहित्य समाज सिन्धुलीका अध्यक्ष शम्भु गजुरेलको सभाध्यक्षता तथा साहित्यकार रमेशमोहन अधिकारीको प्रमुख आतिथ्य रहेको थियो ।

Nepal Telecom ad

सिन्धुली, २०८२ मङ्सिर २७। बुढ्यौली साहित्य समाज सिन्धुली तथा उमानाथ शास्त्री सिन्धुलीय साहित्यिक प्रतिष्ठानको संयुक्त आयोजनामा एक भव्य कार्यक्रम बिच ७९ वर्षीया साहित्यकार दुर्गादेवी ढकालको तेस्रो कृति `बुढ्यौलीको कलम´ (भजन तथा कवितासङ्ग्रह) विमोचन गरिएको छ ।

स्रष्टा दुर्गादेवी ढकाल, जानुका अन्जान तथा श्याम पुलामीको जमदिनको अवसरमा ढकालकै प्राङ्गणमा भएको सो कार्यक्रममा उमानाथ शास्त्री सिन्धुलीय साहित्यिक प्रतिष्ठानका अध्यक्ष तुलसी ढकालले स्रष्टा ढकालका कृतिको बारेमा मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा बुढ्यौलीको कलम लोकार्पण कार्यक्रममा रचना वाचन गर्ने स्रष्टाहरु लोकेद्र डहरे, धनमाया राई, बाबुराम फुयल, केशव फुयल, महेश्वर कोइराला, कृष्ण बराल, शेषराज दाहाल, टङ्कध्वज थापा, विद्या कोइराला, गणेश काफ्ले, राजेश पोख्रेल, केशव अधिकारी, सोमिता खड्कालगायतले आआफ्ना कविता, गजल, मुक्तक तथा लघुकथा सुनाउनुभएको थियो ।

कार्यक्रममा बुढ्यौली साहित्य समाज सिन्धुलीका अध्यक्ष शम्भु गजुरेलको सभाध्यक्षता तथा साहित्यकार रमेशमोहन अधिकारीको प्रमुख आतिथ्य रहेको थियो ।

०००
समाचार-सिन्धुली समाचारदाता

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
रमेशमोहन अधिकारी
रमेशमोहन अधिकारी
4 months ago

हार्दिक धन्यवाद !

Nepal Telecom ad
कथुरी

कथुरी

आर.सी. रिजाल
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
1
0
Would love your thoughts, please comment.x
()
x