हेमराज अधिकारीविचरा बा !
बाले घुम ओढेर बिउ काढेको गह्रामा ! टीपर टाटा कुद्दैछ्न् । माथिबाट पुलुक्क हेर्दै कति रुँदैछन् ! विचरा मेरा बा ! कति रुँदैछन् !
विचरा बा !
ब्रह्म मुहूर्तमा उठ्थे साँझमै सुत्थे !
अहिले हामी एघार बजे सुत्छौं !
हाम्रा नानीहरू एक बजे सुत्छन् !
हामी पाँच बजे उठ्छौं !
नानीहरू नौ बजे बिहानै उठ्छन् !
विचरा बा ! जिविकोपार्जनको नाम्लो !
कम्मरमा बाँधेर आफ्ना रहर बन्दक राखेर !
रोडामा खाली खुट्टा हिंड्थे !
बाले भन्थे ! ठुले !
जमिन बाँझो नहोस् ! पाँगे माटो भए पनि अन्न बाली फल्छ !
अहिले हामी सागसम्म रोप्दैछौं !
नानीहरूले बारी बिर्से !
सिरानीमै कुर्कुरे लेज राख्छन् !
नकराउ है इरी नगर् भन्छन् !
घरीघरी स्टिङ पिउँछ्न् ।
विचरा बा मोही पिउँथे !
हामी कफी पिउँदै छौं !
बाले छोडेको खेत ! विचरा !!
उत्तिस घारी चिलौने घारी भएको छ !
पाँगो माटो बासंगै गयो ।
जमिनको सातोपुत्लो गयो !
कम्पनीका ठुला ठुला टावर छन् !
बाले घुम ओढेर बिउ काढेको गह्रामा !
टीपर टाटा कुद्दैछ्न् ।
माथिबाट पुलुक्क हेर्दै कति रुँदैछन् !
विचरा मेरा बा ! कति रुँदैछन् !
बाका नातिनातिना ! बाह्र बजे डिनर खाँदैछन् !
ओछ्यानमै ब्रेकफास्ट खाँदैछन् !
लन्च दिउँसो कुन्नि कता खाँदैछन् !
पब्जी र गेममा मस्त छन् !
हामी त कमसेकम खाना खाँदैछौँ !
बाले भन्थे ! “समय एकनास रहँदैन ठुले !
परिवर्तन हुन्छ ! छोरा नातिमा हेर्नु !”
खै हामी हेरिरहेका छौं ए बा !
विचरा बा ! ब्रह्म मुहूर्तमै उठ्थे !!
०००
सिक्किम
Subscribe
Login
0 Comments
Oldest







































