साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ऐया-ऐया

बुझ्नेले त सहि देलान् गल्दो ज्यानको पारा, नबुझ्नेले हल्का ठान्छन् “ऐया-ऐया” सारा, कसैले त भन्न भ्याउँछन् “बुढ्यौली रवैया”, बृद्ध उमेर जीर्ण शरीर वाद्य “ऐया-ऐया ?” ॥

Nepal Telecom ad

डा. लोकेन्द्रप्रसाद पौड्याल :

यता फर्क्याे उता फर्क्याे गल्दो उमेर जात्रा
नबुझ्नेलाई झर्को लाग्ने जीवनको यात्रा

यौटा कुना बुढी “ऐया” छाम्ने आफ्नो घुँडो
अर्कोतर्फ अलग “ऐया” ओछ्यान पर्‍या बुढो

उमेरमा फुर्ति लाउने तिनै बुढाबुढी
आजकल त पीडा पोख्छन् व्यथा बाँडिचुँडी

घरभित्रको बोलि प्रायः “ऐया-ऐया” मात्र
घडी हेर्दै दिन काट्ने बृद्ध उमेर पात्र

पहिले त अरु आउँथे मद्दत गर्न भनि
अहिले त कोहि आउन्नन् चिनजानका पनि

नातागोता साथीभाइ सवैजसो पर
बुढ्यौलीको वाद्य जीवन अति कष्टकर

बुझ्नेले त सहि देलान् गल्दो ज्यानको पारा
नबुझ्नेले हल्का ठान्छन् “ऐया-ऐया” सारा

कसैले त भन्न भ्याउँछन “बुढ्यौली रवैया”
बृद्ध उमेर जीर्ण शरीर वाद्य “ऐया-ऐया ?” ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x