संप्रस पाैडेलनव साहित्य अनलाइनको औपचारिक शुरूवात
शनिबार हेटौँडामा एक समारोहबीच सार्वजनिक समारोहमा सञ्चालक प्रकाश पाण्डेको सभाध्यक्षता, कृतिकार तथा स्तम्भकार खगेन्द्र संग्रौलाको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रमा कृतिकार तथा स्तम्भकार दीपक पाठक विशिष्ठ अतिथि रहनु भएको थियो ।

हेटौँडा, ०८० साउन १३ । साहित्य र शिक्षाका विषयवस्तु प्रकाशनको उद्देश्य लिएर हेटौँडामा मूख्य कार्यालय रहनेगरी नव साहित्य अनलाइन साहित्यिक पत्रिकाको शुरूवात गरिएको छ ।
शनिबार हेटौँडामा एक समारोहबीच सार्वजनिक समारोहमा सञ्चालक प्रकाश पाण्डेको सभाध्यक्षता, कृतिकार तथा स्तम्भकार खगेन्द्र संग्रौलाको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रमा कृतिकार तथा स्तम्भकार दीपक पाठक विशिष्ठ अतिथि रहनु भएको थियो ।
सर्जक सञ्जाल मकवानपुरका संयोजक तथा नव साहित्य अनलाइनका प्रधान सम्पादक निमेष निखिलले सहजीकरण गर्नुभएको कार्यक्रममा मकवानपुर लगायत विविध जिल्लाका साहित्य सर्जकहरू, समाजसेवी, राजनीतिक व्यक्तित्व, मिडियाकर्मीहरू उपस्थित हुनुभयो ।
अनलाइनले सर्जकहरूका कृतिहरूबारे चर्चा, बहस, विभिन्न संस्थाहरूको रचना वाचनलाई टेक्स्ट, अडियो, भिडियोमा प्रकाशन, प्रशारण गर्ने तथा सर्जकहरूको परिचय, विद्यालय, कलेजमा साहित्यिक कार्यक्रम आयोजना, कार्यशाला, प्रतियोगिता तथा साहित्यसम्बन्धी समाचारजन्य सामग्री प्रकाशन प्रशारण आदि गर्ने उद्देश्य राखेको छ ।
कार्यकारी सम्पादक मसान उपासकले स्वागत गर्नु भएको कार्यक्रममा प्रमुख अतिथि संग्रौलाले लेखकको शक्तिको बारेमा धारणा राख्दै साहित्य सिर्जना र त्यसको सम्प्रेषणमार्फत् जन जनमा चेतना भर्नका लागि शुभकामना दिनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि राजनैतिक विश्लेषक तथा लेखक युग पाठकले मिडियामा आफ्नो विगतको अनुभव बताउँदै अनलाइनको भीडमा फरक पहिचान बनाउन सफल हुनका लागि शुभेच्छा प्रकट गर्नुभयो । यस्तै कार्यक्रममा प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले शिक्षा क्षेत्रलाई समेत समावेश गरी काम गर्नका लागि सुझाव दिनुभयो ।
पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी र नेपाली लेखक संघका केन्द्रीय सदस्य हयग्रीव आचार्यले साहित्यको उन्नयनमा लाग्ने सर्जक र नवपुस्तालाई उपयुक्त स्थान मिलेकोले शुभेच्छा प्रकट गर्नुभयो ।
साहित्य सर्जक स्वस्तिका बानियाँले साहित्य सर्जकहरूका लागि खुशीको कुरा भएको बताउँदै गर्दा पूर्व सभासद प्रह्लाद लामिछानेले सञ्चालनका क्रममा आइपर्ने खर्च व्यवस्थापनका लागि व्यवसायिक पाटोमा पनि ध्यान दिनका लागि शुभेच्छा प्रकट गर्नुभयो ।
साहित्यसँगै शिक्षालाई समेत जोड दिँदै सो क्षेत्रका समाचारलाई समेत प्राथमिकतामा राख्ने लक्ष्य राखिएको यस अनलाइनको सञ्चालक प्रकाशचन्द्र पाण्डे, प्रधान सम्पादक निमेष निखिल, सम्पादक मसान उपासक हुनुहुन्छ भने वेबसाइट व्यवस्थापन तथा कला संयोजन महेन्द्र ओझा, साहित्यिक सूचना तथा समाचार संकलन संप्रस पौडेल र बजार प्रतिनिधि अनिल कोइरालाको समूह सक्रिय हुनुहुन्छ ।
यस अनलाइनमा बाल साहित्यलाई समेत महत्वपूर्ण स्थान दिइएकोले नव सर्जक तथा कृतिकार र अन्य सर्जकहरूको सिर्जनालाई यस अनलाइनमा प्रेषण गर्न सकिनेछ । प्राप्त सामग्रीहरूलाई महत्वका साथ प्रकाशन गरिने कार्यकारी सम्पादक मसान उपासकले बताउनु भएको छ ।
साहित्य सर्जक, प्रकाशन गृह, शैक्षिक संस्थाहरूको सहयोगले यस क्षेत्रको उन्नयनमा बढावा पुग्ने अपेक्षा लिइएको नवसाहित्यका सल्लाहकार श्यामकुमार बानियाँले बताउनुभयो ।
कार्यक्रममा साहित्य संगमकी अध्यक्ष अनिता न्यौपाने, प्रस्तावित झरना बकैया वाङ्मय प्रतिष्ठानका संयोजक दीपक गौतम, सिस्नुपानी मकवापुरका अध्यक्ष राजकुमार लामिछाने, नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष छवि अनित्य, गजलमञ्च मकवानपुरका अध्यक्ष केशव समर्पण, मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डिबी बर्तौला, झरना साहित्य परिवारका अध्यक्ष विश्वनाथ सञ्जेल, हेउमनपा ४ नं. वडाध्यक्ष नवीन सिग्देल, ५ नं. वडाध्यक्ष सुशिल घिमिरे, सर्जकहरू सुदर्शन अधिकारी, पुरुषोत्तम आचार्य, सुवास खनाल, जुनी भण्डारी, समर्पण न्यौपाने, किशन पौडेल, बैकुण्ठ लामिछाने, देवराज खरेल, देवराज तिवारी, धर्मराज स्याङ्तान, मिथिला अधिकारी, सागर अधिकारी, साहित्यसेवी मुक्तिगोविन्द वैद्य तथा मिडियाकर्मीहरू सुरेश श्रेष्ठ, गिरिजा अधिकारी, राजु साश्वत लामिछाने, बलराम पुडासैनी आदि उपस्थित साहित्यिक अनलाइन सार्वजनिकीकरण कार्यक्रममा प्राविधिक संयोजन सुवास सजलले गर्नुभएको थियो भने उक्त कार्यक्रम साहित्य सङ्गम तथा सिस्नुपानी मकवानपुरको संयुक्त भवनमा आयोजना भएको हो ।
०००
– संप्रस पौडेल, हेटौडा
Subscribe
Login
0 Comments
Oldest








































