साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामी पनि नाटक गरौँ

परेवा गौथलीहरू शिकारीको डर त्रासले चारो टिप्न छाडेका छन् । गोरु, साँढे र गाईहरू गोठ विहीन भएका छन् । गोठालाहरू चरनको अभावमा आत्महत्या गरिहेका छन् ।

Nepal Telecom ad

माधव पोखरेल गोज्याङ्ग्रे :

बिराला र मुसाहरू हात्ती घोडा चढेर
सयर गरिरहेको मेरो देशमा
कुखुराहरू कुकरमाथि सवार भएर
भेडाहरूको बैठकमा धाई रहेका छन् ।
कोही कोसेली पातमा अल्झिएका छन्
कोही सुँगुर चढेर स्वर्ग जाने बाटो खोजिरहेका छन्
कोही भेडाको बुई चढेर बैतरनी तर्न खोजिरहेका छन् ।
कोही गिद्धमाथि चढेर त कोही ब्वाँसोलाई मित्र बनाएर
घरभित्र बाहिर गर्दै नाटक गरिरहेका छन् ।
भनौँ यहाँ अनेक थरिको नाटक मञ्चन हुन्छ
हामीलाई हेर्ने इच्छा नहुँ नहुँदै पनि देखाइन्छ
बाध्यतामा फँसेका छौँ हामी कालाहरूको
कालचक्रमा फँस्न हिजोदेखि आजसम्म ।
परेवा र गौथलीको आवाज सुनिन छाडेको छ
काग, चिल, बाजहरू प्रत्येक गौडामा बसेर
शिकार खोजिरहेका छन् ।
सिंहले बाघको गालामा थप्पड हान्छ
बाघ निरीह भएर घुर्छ र गर्जन्छ
कलमको टुँडो भाँच्ने प्रयास गर्छ
कलमको शक्तिले आज आफू बाघ भएको विर्सन्छ
बेलामा लसुन र नून खान नपाउने भरिया पाल्छ
अनि वैदेशिक विमान स्थलमा परिचालन गर्छ ।
बाघलाई झापट हान्ने सिंह मौन छ
सायद बिरालाको साक्षी होला ऊ पनि
म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर भनेर
नाटक गरेको हुन सक्छ हाम्रा अगाडि ।
खसी, बाख्राहरू, भैँसी चढेर यात्रा गरिरहेका छन
हाँसले पानीमा स्वतन्त्रता उपभोग गर्न पाएको छैन
परेवा गौथलीहरू शिकारीको डर त्रासले
चारो टिप्न छाडेका छन् ।
गोरु, साँढे र गाईहरू गोठ विहीन भएका छन् ।
गोठालाहरू चरनको अभावमा आत्महत्या गरिहेका छन् ।

०००
गाईघाट, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
लुट्यो डोजरले

लुट्यो डोजरले

माधव पोखरेल गोज्याङ्ग्रे
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x