साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धलाई सुझाव

वृद्धहरूले सुन्दर बोली बोलून् जगमा चेतन घोली सभ्य सुसज्जित संस्कृति हाम्रो पारौँ झलमल, अनुपम राम्रो ।

Nepal Telecom ad

विदुर अधिकारी :

सुन्दर सपना सम्भव हुन्छ
जब दिलमा शुभ चेत बहन्छ
वृद्ध र वृद्धा राख इमान
जगबिच चम्क्योस् दिव्य निसान ।
(१)

मात्रै पाली, स्वेत कपाल
सन्त हुँदैनन्, बुझ्नु छ चाल
भीष्मपितामहझैँ हुनु पर्छ
कल्मस जति छन् सब धुनु पर्छ ।
(२)

आफ्नो अहंपन त्याग्नु छ जाती
वृद्ध भई कटु नबन न घाती
यो वय हो सत् चेतन भर्ने
अनुभव दिलका सबतिर छर्ने ।
(३)

आफ्ना सन्ततिसित हितकारी
वार्ता गर्नू भव्य विचारी
वृद्ध भएपछि सभ्य भएर
बस्नु छ घरको मूल बनेर ।
(४)

सेता कैला देख्छु कपाल
हे ! वृद्धा हो सान नफाल
तिम्रा असली अनुभव सार
वृद्ध हुँ भन्दै, चेत नमार ।
(५)

जुन मानिसमा चेत रहन्छ
उसको मात्रै आदर हुन्छ
हे वृद्धा हो बुझ्नु छ सार
इज्जतमा कटु दाग नपार ।
(६)

वृद्धहरूले सुन्दर बोली
बोलून् जगमा चेतन घोली
सभ्य सुसज्जित संस्कृति हाम्रो
पारौँ झलमल, अनुपम राम्रो ।
(७)

०००
रामपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सासू-मुमा

सासू-मुमा

विदुर अधिकारी
वृद्ध जोडी

वृद्ध जोडी

विदुर अधिकारी
वृद्ध जोडी

वृद्ध जोडी

विदुर अधिकारी
सफल वृद्ध बनौँ

सफल वृद्ध बनौँ

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x