साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सन्तोष

हत्तपत्त दीपकले भन्यो; “म दुःख भगाउन चाहन्छु, त्यसैले असन्तोष त्यागेँ । म सुख डाक्न चाहन्छु; त्यसैले सन्तोषी बन्ने प्रयत्न गर्दै छु ।”

Nepal Telecom ad

नन्दलाल आचार्य :

“हप्ता दिनको अघिपछि बाबुआमा खस्दा पनि तेरा आँखा रसाएनन् ।” रामबहादुरले गुनासो राखे । दीपक चुपचाप रह्यो ।

“अझ दुई महिना नपुग्दै छोरीले जिब्रो टोक्दा तँ त हाँस्न थालिस् ।“ उनले अगाडि थप्दा भने दीपकले भन्यो; “म लुकाउने कुरो लुकाउँदै छु । नभएको कुरो खोज्दै छु ।”

“दुःखमा हाँस्दा सुखमा रुँदा सिल्ली भइन्छ ।” सम्झाउने नियतले रामबहादुरले यथार्थ ओकले ।

“आमाबाबु र छोरी मेरा थिए । मैले आदरभाव र मायामा रत्तिभर कमि गरेकै थिइनँ । तापनि उनीहरू मसँग सम्बन्धविच्छेद गरेर गए । म शोकाकुल हुँदा उनीहरू फर्कन्छन् र ?” दीपकले कडा प्रश्न तेर्सायो ।

जवाफमा के बोल्ने भनेर रामबहादुर घोत्लेकै दाउमा दीपकले थप्यो; “मलाई माया मार्दा उनीहरूलाई मज्जा आएछ । मैले पनि उनीहरूको माया मार्न सके मज्जा नआउने कुरै छैन ।”

आश्चर्यमा पर्दै रामबहादुरले क्रोधित मन खोले; “तँजस्तो निर्दयी मान्छे कोही छैन र कोही हुँदैन पनि !”

हत्तपत्त दीपकले भन्यो; “म दुःख भगाउन चाहन्छु, त्यसैले असन्तोष त्यागेँ । म सुख डाक्न चाहन्छु; त्यसैले सन्तोषी बन्ने प्रयत्न गर्दै छु ।”

०००
२०८०-०४-१४ सिद्धार्थटोल, उदयपुर ।
हाल- सिर्जनाकुटी, सिरहा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x