साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाँसौँ बुढा बा अब

फालौँला सहजै कडा विकृति यो जाग्दै युवा बेसरी पस्दा झैँ मृगका बथान बिचमा उन्मत्त त्यो केसरी पर्छन् ताजुब झन् समस्त जनता देखेर ऊर्जा नव हाँसोमै छ कला अजम्बर हुने हाँसौँ बुढा बा अब ॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

रोजै गर्नुहुँदैन यो मुलुकको चिन्ता र चासो पनि
सारा भ्रष्ट दलालले गुठिल यो पारे उछित्तो भनी
पारौँला पछि रम्य देश घुसको खोस्दै सबै वैभव
हाँसोमै छ कला अजम्बर हुने हाँसौँ बुढा बा अब ॥१

फेरौँला सब सन्धि नै विगतका नेपाल पार्ने खती
रोकौँला तब गुम्नबाट धरती आफ्ना पुराना जति
जागौँला खुद भीम भक्ति जसरी नेपालवासी सब
हाँसोमै छ कला अजम्बर हुने हाँसौँ बुढा बा अब ॥२

फैलेको अहिले छ जो मुलुकमा अन्यायको भामरी
पार्छौँ साफ जुटेर लौ अब युवा सङ्धर्ष जारी गरी
नेपाली जुन वीरता छ अघिको लिन्छौँ फिराई तब
हाँसोमै छ कला अजम्बर हुने हाँसौँ बुढा बा अब ॥३

बस्छन् रावण नै यहाँ छल गरी श्रीरामका भेषमा
चिन्दैनन् जनता पुजेर बहुतै राख्छन् सदा ऐसमा
भण्डाफोर छ गर्नु भ्रष्ट खलको दुष्कर्म काला सब
हाँसोमै छ कला अजम्बर हुने हाँसौँ बुढा बा अब ॥४

फालौँला सहजै कडा विकृति यो जाग्दै युवा बेसरी
पस्दा झैँ मृगका बथान बिचमा उन्मत्त त्यो केसरी
पर्छन् ताजुब झन् समस्त जनता देखेर ऊर्जा नव
हाँसोमै छ कला अजम्बर हुने हाँसौँ बुढा बा अब ॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x