साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फोहोरको थुप्रो

चोभारको डाँडोमुनि उर्लेर निक्लने फोहोरको कालोमुस्लो बाढीको कलबिख पानीसरहका यस युगका यमदूतहरूलाई सफाया गर्न ?!

Nepal Telecom ad

डा.भरतकुमार भट्टराई :

एउटा फोहोरको थुप्रो
देशकै एक विशाल अन्तर्राष्ट्रिय भवनमा
दिनरात थुप्रेको छ डुङडुङती गनाउँदै
त्यही थुप्रोभित्र घुस्रेका छन्
निर्लज्ज जुँगामुठेहरू
अनुहारभरि महँगी
दिमागभरि कपट
मनभरि सुनकाण्ड
मुटुभरि भ्रष्टाचार
तन्द्राभरि क्रमभङ्ग
चेतनाभरि दासता
जनताभरि उटपट्याङ
र आँखाभरि उल्लु शासन
चलाइरहने उत्पात धङधङी
षड्यन्त्रकारी जुँगासँगै उभिएका
ती अनैतिक लोभी घृणित रालहरू
झुन्ड्याएर बसेका छन् ढसमस्स साँढेहरू
यिनीहरू बर्खे बाढीबाट उद्धार गर्ने होइन
आफ्ना शाखासन्तानलाई छेलोखेलो हुने गरी
उपकार गर्ने ध्याउन्नमा लगातार दौडेका छन्
प्रत्येक वर्ष चाडबाडसरह टाठाबाठालाई
अकुत सम्पत्ति कुम्ल्याउन मिल्ने गरी आइरहने बाढी
निरीह जनताका घरबारीमा मात्रै किन पस्छ
किन पस्तैन यो उर्लेको बाढी
जनतालाई हाडछाला बनाएर चुस्न पल्केका
सनातन दुसाध शासकहरूका कचहरीमा परिणत
त्यस विशाल भुँडीसरह ढाडिएका
देशको रगत चुस्न लागिपरेका लाभ्रे जुकाहरूलाई
चोभारको डाँडोमुनि उर्लेर निक्लने फोहोरको
कालोमुस्लो बाढीको कलबिख पानीसरहका
यस युगका यमदूतहरूलाई सफाया गर्न ?!
ए बाढी !
एकपटक छलाङ मार् न यसै वर्ष !
नेपालीको ऋणको भारी बनेका
यी सबै सबै मानवमुण्डधारी फोहोरका
थुप्राहरूलाई सदाका लागि सफाइ गर्न
यति याद गर् –
नेपाली जनताले अन्तिम पटक
यही भाकल गरेका छन् भनेर !!

०००
२०८०/४/२४ (अगस्ट ९, २०२३)
लन्डन, बेलायत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
अर्यालकाे ‘जय भोलि !’ निबन्धमा व्यङ्ग्य

अर्यालकाे ‘जय भोलि !’...

डा. भरतकुमार भट्टराई
के गर्नु तिम्रो आस ?

के गर्नु तिम्रो आस...

डा. भरतकुमार भट्टराई
जुम्राहरूप्रति

जुम्राहरूप्रति

डा. भरतकुमार भट्टराई
‘अर्को कर्नाली’ का कवितामा कोमल व्यङ्ग्य

‘अर्को कर्नाली’ का कवितामा...

डा. भरतकुमार भट्टराई
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x