सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

फोहोरको थुप्रो

चोभारको डाँडोमुनि उर्लेर निक्लने फोहोरको कालोमुस्लो बाढीको कलबिख पानीसरहका यस युगका यमदूतहरूलाई सफाया गर्न ?!

Nepal Telecom ad

डा.भरतकुमार भट्टराई :

एउटा फोहोरको थुप्रो
देशकै एक विशाल अन्तर्राष्ट्रिय भवनमा
दिनरात थुप्रेको छ डुङडुङती गनाउँदै
त्यही थुप्रोभित्र घुस्रेका छन्
निर्लज्ज जुँगामुठेहरू
अनुहारभरि महँगी
दिमागभरि कपट
मनभरि सुनकाण्ड
मुटुभरि भ्रष्टाचार
तन्द्राभरि क्रमभङ्ग
चेतनाभरि दासता
जनताभरि उटपट्याङ
र आँखाभरि उल्लु शासन
चलाइरहने उत्पात धङधङी
षड्यन्त्रकारी जुँगासँगै उभिएका
ती अनैतिक लोभी घृणित रालहरू
झुन्ड्याएर बसेका छन् ढसमस्स साँढेहरू
यिनीहरू बर्खे बाढीबाट उद्धार गर्ने होइन
आफ्ना शाखासन्तानलाई छेलोखेलो हुने गरी
उपकार गर्ने ध्याउन्नमा लगातार दौडेका छन्
प्रत्येक वर्ष चाडबाडसरह टाठाबाठालाई
अकुत सम्पत्ति कुम्ल्याउन मिल्ने गरी आइरहने बाढी
निरीह जनताका घरबारीमा मात्रै किन पस्छ
किन पस्तैन यो उर्लेको बाढी
जनतालाई हाडछाला बनाएर चुस्न पल्केका
सनातन दुसाध शासकहरूका कचहरीमा परिणत
त्यस विशाल भुँडीसरह ढाडिएका
देशको रगत चुस्न लागिपरेका लाभ्रे जुकाहरूलाई
चोभारको डाँडोमुनि उर्लेर निक्लने फोहोरको
कालोमुस्लो बाढीको कलबिख पानीसरहका
यस युगका यमदूतहरूलाई सफाया गर्न ?!
ए बाढी !
एकपटक छलाङ मार् न यसै वर्ष !
नेपालीको ऋणको भारी बनेका
यी सबै सबै मानवमुण्डधारी फोहोरका
थुप्राहरूलाई सदाका लागि सफाइ गर्न
यति याद गर् –
नेपाली जनताले अन्तिम पटक
यही भाकल गरेका छन् भनेर !!

०००
२०८०/४/२४ (अगस्ट ९, २०२३)
लन्डन, बेलायत

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
शहीदको सम्मान

शहीदको सम्मान

डा. भरतकुमार भट्टराई
तीन ठाेकान

तीन ठाेकान

डा. भरतकुमार भट्टराई
व्यङ्ग्यको मूल : विसङ्गति

व्यङ्ग्यको मूल : विसङ्गति

डा. भरतकुमार भट्टराई
हसुरप्रसादहरू

हसुरप्रसादहरू

डा. भरतकुमार भट्टराई
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल
म नै म !!

म नै म !!

कलानिधि दाहाल
मजाले हिँड (२)

मजाले हिँड (२)

कृष्णप्रसाद गाैतम
लाटो सिँगार्छन् अझै

लाटो सिँगार्छन् अझै

बिन्दु दहाल ‘मूकदर्शक’