सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भो जीवनी बन्जर (३)

हाम्रो जीवनको छ सार तिनमा छाया परेको सबै सारा शून्य छ गाउँ शुष्क दिल छन् छाडे गए ती कतै चौतारी रुँग वृक्षका युगलले हावाहुरी घाममा आशा सास छ धान्न खट्नु छ सधैँ यी वृद्धले काममा ।

Nepal Telecom ad

हेम अधिकारी :

हिँड्ने छैन उँधोउँभो र भरिया सारा हराए गए
सारा भो सुनसान लेक वनमा, बेँसी नजाने भए
कोही देशविदेशका सहरमा कोही तराई झरे
पाखापर्वत हेर्दछन् अब सबै बिर्सेर खाली गरे।

बस्छौँ आज बुढाबुढी वटबनी साथी घरै भो अनि
चौतारीसरि भग्न नग्न अब भो, भो रुग्ण यो जीवनी
साक्षी छौँ युगका छ पिप्पल सधैँ साक्षी युगैको बनी
वासन्ती युग सम्झँदै शिशिरको सारा सिरेटो सही।

जन्माए बरपिप्पलै मिली कति साना बिरुवा यहाँ
फैलाए कति ठाउँ,गाउँघरमा सन्तान आफ्ना कहाँ
एक्ला वृद्ध समाप्तिको दिन सधैँ पर्खेर ती बस्तछन्
हाँगा पात जरा सबै गलित छन् सत्प्रेमले हाँस्छन् ।

हाम्रो जीवनको छ सार तिनमा छाया परेको सबै
सारा शून्य छ गाउँ शुष्क दिल छन् छाडे गए ती कतै
चौतारी रुँग वृक्षका युगलले हावाहुरी घाममा
आशा सास छ धान्न खट्नु छ सधैँ यी वृद्धले काममा ।

छोराका सपना सजेर दिलमा आलस्य केही नभै।
आशीर्वाद छ नित्य उत्तम बनेस् मातापिताको सधैँ
जेठाको सुखशान्तिमा कम नहोस् कान्छो भएको घर
के गर्ने भर छैन आयु सकियो भो जीवनी बन्जर ।

०००
दमक, झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
भो जीवनी बञ्जर (५)

भो जीवनी बञ्जर (५)

हेम अधिकारी
भो जीवनी बन्जर (४)

भो जीवनी बन्जर (४)

हेम अधिकारी
पदकलाई सम्मान

पदकलाई सम्मान

हेम अधिकारी
भो जीवनी बन्जर (२)

भो जीवनी बन्जर (२)

हेम अधिकारी
भुइँमान्छे पुराण

भुइँमान्छे पुराण

हेम अधिकारी
भो जीवनी बन्जर (१)

भो जीवनी बन्जर (१)

हेम अधिकारी
भो जीवनी बञ्जर (५)

भो जीवनी बञ्जर (५)

हेम अधिकारी
आमाको चिठी

आमाको चिठी

लक्ष्मण गाम्नागे
मजा छ बुढ्यौली

मजा छ बुढ्यौली

भरत आचार्य
‘बा’ काव्यांश- (२२)

‘बा’ काव्यांश- (२२)

दीनानाथ पाेखरेल
भो जीवनी बन्जर (४)

भो जीवनी बन्जर (४)

हेम अधिकारी