साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भो जीवनी बन्जर (३)

हाम्रो जीवनको छ सार तिनमा छाया परेको सबै सारा शून्य छ गाउँ शुष्क दिल छन् छाडे गए ती कतै चौतारी रुँग वृक्षका युगलले हावाहुरी घाममा आशा सास छ धान्न खट्नु छ सधैँ यी वृद्धले काममा ।

Nepal Telecom ad

हेम अधिकारी :

हिँड्ने छैन उँधोउँभो र भरिया सारा हराए गए
सारा भो सुनसान लेक वनमा, बेँसी नजाने भए
कोही देशविदेशका सहरमा कोही तराई झरे
पाखापर्वत हेर्दछन् अब सबै बिर्सेर खाली गरे।

बस्छौँ आज बुढाबुढी वटबनी साथी घरै भो अनि
चौतारीसरि भग्न नग्न अब भो, भो रुग्ण यो जीवनी
साक्षी छौँ युगका छ पिप्पल सधैँ साक्षी युगैको बनी
वासन्ती युग सम्झँदै शिशिरको सारा सिरेटो सही।

जन्माए बरपिप्पलै मिली कति साना बिरुवा यहाँ
फैलाए कति ठाउँ,गाउँघरमा सन्तान आफ्ना कहाँ
एक्ला वृद्ध समाप्तिको दिन सधैँ पर्खेर ती बस्तछन्
हाँगा पात जरा सबै गलित छन् सत्प्रेमले हाँस्छन् ।

हाम्रो जीवनको छ सार तिनमा छाया परेको सबै
सारा शून्य छ गाउँ शुष्क दिल छन् छाडे गए ती कतै
चौतारी रुँग वृक्षका युगलले हावाहुरी घाममा
आशा सास छ धान्न खट्नु छ सधैँ यी वृद्धले काममा ।

छोराका सपना सजेर दिलमा आलस्य केही नभै।
आशीर्वाद छ नित्य उत्तम बनेस् मातापिताको सधैँ
जेठाको सुखशान्तिमा कम नहोस् कान्छो भएको घर
के गर्ने भर छैन आयु सकियो भो जीवनी बन्जर ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
तह मिलान

तह मिलान

हेम अधिकारी
बैतर्नी तर्ने

बैतर्नी तर्ने

हेम अधिकारी
घुर्मैला सपनाहरू

घुर्मैला सपनाहरू

हेम अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
0
Would love your thoughts, please comment.x
()
x