सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

थारा भैँसी पाल्छौँ हामी

सिर्जनाका बीउ फल्ने उर्वर ऋतु गुमाईगुमाई, कहिल्यै पेट नअघाउने गफको खेती थाल्छौं हामी।

Nepal Telecom ad

शरण खत्री मृदुल :

नचिनेर देउतालाई ढुङ्गा भनी फाल्छौँ हामी,
सभ्यताको नाउँमा आफ्नै संस्कृतिलाई बाल्छौँ हामी।

समय यो घर्किरहन्छ हतार छैन कहिल्यै पनि,
अरूहरूले ठेलेपछि बल्ल पाइला चाल्छौँ हामी।

नाफाघाटासँग हाम्रो त्यति सरोकार छैन,
कहिल्यै दूध नपियाउने थारा भैँसी पाल्छौँ हामी।

सिर्जनाका बीउ फल्ने उर्वर ऋतु गुमाईगुमाई,
कहिल्यै पेट नअघाउने गफको खेती थाल्छौँ हामी।

०००
दावाँ, भाेजपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

शरण खत्री 'मृदुल'
हैन र यो ?

हैन र यो ?

काशीनाथ मिश्रित
दाबी गर्छ

दाबी गर्छ

डिल्लीप्रसाद अधिकारी
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी