साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छेमा भूत सवार हुन्छ

यौटा टुहुरोको बाल्यकाल जडाउरीमै बितिगयो कस्ले देख्यो उसलाई नि नया लुगाको रहर हुन्छ।

Nepal Telecom ad

शरण खत्री ‘मृदुल’ :

कस्तो अनौठो र उदेकलाग्दो पनि संसार हुन्छ
कोही मर्दा रोइदिन्छ कोही मर्दा बेखबर हुन्छ।

हिर्काइ पनि त बस्तुपिच्छे कहा एउटै हुन्छ
फूलले हान्दा स्पर्श हुन्छ पत्थरले प्रहार हुन्छ।

एकै पल्ट के हेरिन् उनले मन भुतुक्कै भयो
कसैको त कस्तो कस्तो पनि नजर हुन्छ।

भव्य महलमा पुर्याऔ बिरालोले मूसा देख्छ
हेराइ पनि त मान्छेको स्तर अनुसार हुन्छ।

हिजो त्यही अखवारले उसलाई चर्चित बनायो
आज उसैको खोइरो खन्ने त्यही अखवार हुन्छ।

उसले के बोल्यो र कसलाई दुखायो छोड्दिनुस्
बरू सोच्नुस् कहिलेकाहि मान्छेमा भूत सवार हुन्छ।

यौटा टुहुरोको बाल्यकाल जडाउरीमै बितिगयो
कस्ले देख्यो उसलाई नि नया लुगाको रहर हुन्छ।

०००
दाँवा, भाेजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

शरण खत्री 'मृदुल'
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
तीन ठोक्तक

तीन ठोक्तक

शरण खत्री 'मृदुल'
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x