साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

सम्झिँदा नि दिक्क लाग्छ क्रोध अग्नि बल्छ देश कहिले हिड्ने होला सुशासनको लयमा ?

Nepal Telecom ad

शरण खत्री ‘मृदुल’:

१.
स्वार्थ मिले दुई ध्रुव नि आपसमा जुट्दा रहेछन्
बाझे स्वार्थ एकै आँतका साथी पनि फुट्दा रहेछन्
शक्ति र सत्ता भन्नु अजीव चीज रहेछन्
जसको आडमा दोषी पनि धमाधम छुट्दा रहेछन् ।

२.
धमिराहरू कुदिरहेछन् मालिकको जयजयमा
विसङ्गति उर्लिरहेछ उन्मादिलो वयमा
यो प्रश्न कहिलेसम्म अनुत्तरित रहने होला
सम्झिँदा नि दिक्क लाग्छ क्रोध अग्नि बल्छ
देश कहिले हिड्ने होला सुशासनको लयमा ?

३.
काटेर आफ्नो भागको भात अनि तरकारी
वचत गरे जनताले आफ्नै ठानी सहकारी
तर कहाँ आफ्नो रहेछ आफूले ठानेजस्तो
यो त रहेछ ठूलाहरूको रकम झिक्ने भकारी।

०००
दाँवा, भाेजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छेमा भूत सवार हुन्छ

मान्छेमा भूत सवार हुन्छ

शरण खत्री 'मृदुल'
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
तीन ठोक्तक

तीन ठोक्तक

शरण खत्री 'मृदुल'
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x