साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सही निर्णय !

ती उकासो र पिकासोहरूले त मलाई पहिले मतियार र पछि हतियार बनाएर यूज एन्ड थ्रो गर्न खोजेका पक्का पूर्व व्यक्तित्वहरू दुःखी आत्मा म प्रोफेसर जगमोहन आजाद ।

Nepal Telecom ad

धनराज गिरी :

दुःख पाउनुथियो
सोचियो
किन यस्तो सोचियो ?
किन कि
जीवनमा आए केही उकासो र पिकासोहरू
हातमा
पवन ठुसक यन्त्र लिएर
मलाई बेलून बनाउन
भने
” हजुर जस्तो मान्छे! ”
“हजुर प्रतिभाशाली!”
उकासे
हो जस्तो लाग्यो
सोचियो
“म अब व्यक्ति होइन!”
व्यक्तित्व
खास व्यक्तित्व
गोवर्धन धान्न आएको
अर्को
गिरिधारी विशिष्ट !
अनि
समाइयो कलम
ठोकियो
ठोकियो
ठोकियो
अरे वा
मेरै यात्रा रोकियो
टक्क अडेर विचार गरियो
मलाई शहीद बनाएर
स्यालहरू सत्तामा
वाह
म कुमेधाश्री !
ज्या ज्या ज्या !
सन्तानलाई तनाव
घरमा अभाव
इतिहास हेरियो
व्यक्तित्व मानिएका
व्यक्तिहरूको
दोस्रो पुस्ता
सखाप
समाजसेवी त बने
नाम भयो
निस्तो नामले के हुन्छ?
छोराछोरीको बे हुन्छ ?
सोचियो
“म व्यक्तित्व होइन
म केही पनि होइन
अति उच्च महत्वाकांक्षा = खोक्रोपन”
अनि
निर्णय बदलियो
म व्यक्ति
म आम
काङ्ग्रेस न वाम
न भाम
अब आराम
ॐ शान्ति ॐ
ती
उकासो र पिकासोहरूले

मलाई
पहिले मतियार र पछि हतियार बनाएर
यूज एन्ड थ्रो गर्न खोजेका
पक्का
पूर्व व्यक्तित्वहरू
दुःखी आत्मा

प्रोफेसर जगमोहन आजाद
आम, आम, आम
एक कण
गङ्गु तेली
राजा भोज बन्नुछैन
म यस्तो
म उस्तो भन्नुछैन
एक साधारण
भुइँ मान्छे
त्यसपछि
आनन्द नै आनन्द
मुस्कान नै मुस्कान
सर्वशान्ति
सही निर्णय
बेलैमा गरिएछ !
सन्तान ढुक्क
अब
केही कुराको ठेकेदार बनिन्न !
दुर्जनलाई आफ्नो भनिन्न
अब
पोस्टहरू गनिन्न।
सही निर्णय !!

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सक्कली आफन्त !

सक्कली आफन्त !

धनराज गिरी
कुरा नकाट्ने !!

कुरा नकाट्ने !!

धनराज गिरी
मिलेन बा !

मिलेन बा !

धनराज गिरी
बाको दुःख !

बाको दुःख !

धनराज गिरी
विषय अब चुनावको रहेन

विषय अब चुनावको रहेन

राजेन्द्रप्रसाद अधिकारी
लिम्पियाधुरा

लिम्पियाधुरा

मेघराज पाैड्याल
लामखुट्टे लगार्न आउ

लामखुट्टे लगार्न आउ

भोलानाथ सुबेदी
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x