सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सही निर्णय !

ती उकासो र पिकासोहरूले त मलाई पहिले मतियार र पछि हतियार बनाएर यूज एन्ड थ्रो गर्न खोजेका पक्का पूर्व व्यक्तित्वहरू दुःखी आत्मा म प्रोफेसर जगमोहन आजाद ।

Nepal Telecom ad

धनराज गिरी :

दुःख पाउनुथियो
सोचियो
किन यस्तो सोचियो ?
किन कि
जीवनमा आए केही उकासो र पिकासोहरू
हातमा
पवन ठुसक यन्त्र लिएर
मलाई बेलून बनाउन
भने
” हजुर जस्तो मान्छे! ”
“हजुर प्रतिभाशाली!”
उकासे
हो जस्तो लाग्यो
सोचियो
“म अब व्यक्ति होइन!”
व्यक्तित्व
खास व्यक्तित्व
गोवर्धन धान्न आएको
अर्को
गिरिधारी विशिष्ट !
अनि
समाइयो कलम
ठोकियो
ठोकियो
ठोकियो
अरे वा
मेरै यात्रा रोकियो
टक्क अडेर विचार गरियो
मलाई शहीद बनाएर
स्यालहरू सत्तामा
वाह
म कुमेधाश्री !
ज्या ज्या ज्या !
सन्तानलाई तनाव
घरमा अभाव
इतिहास हेरियो
व्यक्तित्व मानिएका
व्यक्तिहरूको
दोस्रो पुस्ता
सखाप
समाजसेवी त बने
नाम भयो
निस्तो नामले के हुन्छ?
छोराछोरीको बे हुन्छ ?
सोचियो
“म व्यक्तित्व होइन
म केही पनि होइन
अति उच्च महत्वाकांक्षा = खोक्रोपन”
अनि
निर्णय बदलियो
म व्यक्ति
म आम
काङ्ग्रेस न वाम
न भाम
अब आराम
ॐ शान्ति ॐ
ती
उकासो र पिकासोहरूले

मलाई
पहिले मतियार र पछि हतियार बनाएर
यूज एन्ड थ्रो गर्न खोजेका
पक्का
पूर्व व्यक्तित्वहरू
दुःखी आत्मा

प्रोफेसर जगमोहन आजाद
आम, आम, आम
एक कण
गङ्गु तेली
राजा भोज बन्नुछैन
म यस्तो
म उस्तो भन्नुछैन
एक साधारण
भुइँ मान्छे
त्यसपछि
आनन्द नै आनन्द
मुस्कान नै मुस्कान
सर्वशान्ति
सही निर्णय
बेलैमा गरिएछ !
सन्तान ढुक्क
अब
केही कुराको ठेकेदार बनिन्न !
दुर्जनलाई आफ्नो भनिन्न
अब
पोस्टहरू गनिन्न।
सही निर्णय !!

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अमूर्त कमेडी !

अमूर्त कमेडी !

धनराज गिरी
पुरस्कार दाता !

पुरस्कार दाता !

धनराज गिरी
साहस !

साहस !

धनराज गिरी
महागुण्डा !

महागुण्डा !

धनराज गिरी
मैले मात्र हो र ?

मैले मात्र हो र...

धनराज गिरी
हाम्रो अड्डामा

हाम्रो अड्डामा

नवराज कार्की
सबैलाई सुपाच्य

सबैलाई सुपाच्य

रामदेव पाण्डे
भाग्यमानी

भाग्यमानी

बिनुबाबा घिमिरे
गाैरादह

गाैरादह

खगेन्द्र नेउपाने
बिग्रेछ चाला पुरा

बिग्रेछ चाला पुरा

माधव पोखरेल गोज्याङ्ग्रे
त्यसपछि…

त्यसपछि…

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x