साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा काव्यांश (४६)

माघे जाडो तुषारो प्रकृतिनियम हुन् छल्न हालूँ म छानु ।। धर्तीमा ग्रीष्म आओस् स्थल जलमय होस् ऐन हो यो विचारी । बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

त्यागूँ उद्दण्ड चाला रसमय पथले बाँड्छ आशा सदैव ।
छन् आकाङ्क्षा अनेकौँ श्रमपथ म हिँडूँ दाहिने बन्छ दैव।।
दुर्छे घुर्की पछारूँ असल कृत चुनूँ भोकचिन्ता लघारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी।।२१।।

गाऊँ सद्भावनाले कविकृत कविता कर्मका मार्ग खोजूँ ।
प्यारो सङ्घर्ष मान्दै मृदु फल बटुलूँ कर्मको मार्ग रोजूँ ।।
भागून् सङ्कीर्ण बानी रसमय दिल होस् दिव्य ऊर्जा उमारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी।।२२।।

पानी बग्दै छ हेरूँ पर जनहितमा गर्न जानूँ म सेवा।
सित्तैमा वायु पाएँ जल जमिन खुला व्योमको मिल्छ मेवा ।।
मान्छेझैँ कृत्य खोजूँ अवनितल खुलोस् कर्म पोखूँ विचारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।२३।।

डाँफे मायूर मैना प्रकृतिलयसँगै रम्दछन् हेर्न जानूँ ।
माघे जाडो तुषारो प्रकृतिनियम हुन् छल्न हालूँ म छानु ।।
धर्तीमा ग्रीष्म आओस् स्थल जलमय होस् ऐन हो यो विचारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।२४।।

फ्याँकूँ उद्भ्रान्ति टाढा घरघर जनका पूर्ण सद्भ्रान्ति छाओस् ।
बाँडोस् यो बाँसुरीले मनुज कृत कला चेत च्याप्पै समाओस्।।
भेटेँ सद्भ्रान्ति प्यारो मनन मन गरोस् दृष्टि शोभा फिँजारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।२५।।

०००
इलाम नगरपालिका वडा नं ०२, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x