साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छोरो कस्तो हुनु पर्छ

कस्तो आयो हेर जमाना, पुत्र निकाल्छन् लफडा बाबाआमा रुन्छन् जहिले, पर्दा घरमा झगडा यस्तो गतिविधि दूर भगाऔँ, भन्दछ यो अधिकारी बाआमाको आदर गर्ने, छोरा हुन् संस्कारी ।

Nepal Telecom ad

विदुर अधिकारी :

कस्तो छोरो साथ रहेमा, सन्ततिको हित गर्छ
सन्त मिजासी अझ मृदुभाषी,पुत्र भए दुख हर्छ
दम्भ नगर्ने, चेतन छर्ने, अनुपम सेवाधारी
बाआमाको आदर गर्ने, छोरा हुन् संस्कारी ।१।

चाहे जाऊन् बेलायत ती चाहे जाऊन् ढाका
आमालाई हेला गर्ने, पुत्र सबै हुन् डाँका
आफ्नोमात्रै मतलब साँध्ने, हुन्नन् ती उपकारी
बाआमाको आदर गर्ने, छोरा हुन् संस्कारी ।२।

जति नै डिग्री पास गरून या द्रव्य कमाऊन् ज्यादा
बाबालाई हेलाँ गर्ने, हुन् ती दुस्मन व्याधा
बाहिरमात्रै राम्रा बन्ने , हुन्छन् ती व्यभिचारी
बाआमाको आदर गर्ने, छोरा हुन् संस्कारी ।३।

चाहे नायक हुन् ती मन्त्री, या हुन् दिव्य सितारा
मातृ पुकारा बुझ्न नसक्ने, छोरा हुन् हुतिहारा
पुर्खाका सत् देन नचिन्ने, हुन्नन् है मनकारी
बाआमाको आदर गर्ने, छोरा हुन् संस्कारी ।४।

कस्तो आयो हेर जमाना, पुत्र निकाल्छन् लफडा
बाबाआमा रुन्छन् जहिले, पर्दा घरमा झगडा
यस्तो गतिविधि दूर भगाऔँ, भन्दछ यो अधिकारी
बाआमाको आदर गर्ने, छोरा हुन् संस्कारी ।५।

०००
रामपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध भए पनि जो जन पूज्य छ

वृद्ध भए पनि जो...

विदुर अधिकारी
लागेछ असार

लागेछ असार

विदुर अधिकारी
सासू-मुमा

सासू-मुमा

विदुर अधिकारी
वृद्ध जोडी

वृद्ध जोडी

विदुर अधिकारी
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
मलाई लिन आऊ छोरा

मलाई लिन आऊ छोरा

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x