साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यतातिर

साइनो सम्बन्ध जोडे मात्र बाँच्न सक्छ प्रत्येक पात्र भ्रष्टको भर धन्दा धन्दामा रमाउने नेता गजबै छ मित्र यतातिर यस्तै छ मित्र यतातिर के कसो छ त्यतातिर ?

Nepal Telecom ad

तेजविलास अधिकारी :

यतातिर
स्वास्थ्य बीमा त गरियो
बिरामी उपचार पाइरहेका छैन
स्वदेशमा रोजगारी सिर्जना
घोषणापत्रमा सीमित भयो
मजदुर काम खोजिरहेछ
भाषणवाज भाषण दिइरहेछ
यतातिर
समयले नेटो काट्न लाग्यो
पिर मान्दैछन् बूढा बा
आमा लामो सुस्केरा हाल्दैछिन्
बाटो अवरोध छ संवादको
छोरा छ विदेशमा
झन् बढेको छ दुःख
संसदमा दोहारी छ
ठग र भ्रष्टचारीको
प्रत्यक्ष प्रसारणमा छन्
मालिकका मिडियाहरू
खाजा खुवाउने संस्थाको पक्ष
बलियो बनिरहेछ संसदीय समितिमा
रमाईलो छ हिजो आज हाम्रोतिर
सक्नेले बजेट टोलमा लगे
नसक्नेको र्किते हस्ताक्षर गरेर
चलेकै छ उपभोक्ता समितिहरू
असार मसान्त आउन लाग्यो
सक्नु पर्छ विनियोजित रकम
त्यही कुरा चलिरहेछ
यतातिर
म कहाँ छु
मेसो नपाउने रहेछ मेयर बालेन
ठगकै नाम जपेर चल्दैछ गृहको धन्दा
कसैले सोधे भने
भनिदिनु है ठिकठाक छ
यतातिर
पाउने ठाउँमा
साइनो सम्बन्ध जोडे मात्र
बाँच्न सक्छ प्रत्येक पात्र
भ्रष्टको भर धन्दा
धन्दामा रमाउने नेता
गजबै छ मित्र
यतातिर
यस्तै छ मित्र यतातिर
के कसो छ त्यतातिर ?

०००
इच्छाकामना – ३, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
एउटा निर्जीव आकृति

एउटा निर्जीव आकृति

तेजविलास अधिकारी
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x