साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुस

आदेश बमोजिम वकिलले किताब श्रीमान् समक्ष पेस गरे । किताबमा भनिएको पेज न्यायधीशले पल्टाए । सो पेजमा बीसवटा हजारका नोट राखिएको थियो । सो देखेर श्रीमान् मुस्कुराउनु भो ।

Nepal Telecom ad

बासुदेव तिमल्सिना :

“श्रीमान् ! यो मुद्दामा मेरो प्रतिपक्षले जित्ने कुनै आधार नै छैन । सोह्रै आना मेरो क्लाइन्टको पक्षमा फैसला होस् । मैले आवश्यक पर्ने सबै प्रमाणहरु पेश गरेको छु ।”

“होइन श्रीमान् ! मेरो विद्वान मित्र महोदयले भनेको कुरा निराधार छ । जसरी पनि मेरो पक्षले मुद्दा जित्नुपर्छ । सम्बन्धित कानुनको दफा २२, पेज नं. २५ मा मेरो पक्षले मुद्दा जित्ने बलियो आधार दिइएको छ । सो दफालाई अध्ययन गरियोस् ।”

दुवै पक्षको जिरह सुनेपछि श्रीमानबाट पछिल्लो वकिललाई कानुनको किताब पेस गर्ने आदेश भयो ।
आदेश बमोजिम वकिलले किताब श्रीमान् समक्ष पेस गरे । किताबमा भनिएको पेज न्यायधीशले पल्टाए । सो पेजमा बीसवटा हजारका नोट राखिएको थियो । सो देखेर श्रीमान् मुस्कुराउनु भो ।

अनि पुलुक्क सो किताब दिने वकिलको मुखमा हेरेर आदेश गर्नु भो, “अर्को पेशीको दिन यस्तै थप अरु चारवटा प्रमाण पेस गरियोस् ।”

०००
लालबन्दी, सर्लाही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भूत

भूत

वासुदेव तिमल्सिना
तिर्थालुको ध्यान

तिर्थालुको ध्यान

वासुदेव तिमल्सिना
चाइनिज माल

चाइनिज माल

वासुदेव तिमल्सिना
लोभ

लोभ

वासुदेव तिमल्सिना
मृत्युको भय

मृत्युको भय

वासुदेव तिमल्सिना
माया

माया

वासुदेव तिमल्सिना
0
Would love your thoughts, please comment.x
()
x