साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भो जीवनी बञ्जर (१५)

पैसाले धनले बरालिन गए बाँच्तैन है संस्कृति झल्काई गहना छ होड कतिमा बड्दोछ अस्वीकृति ऐले तीज कसो कसो हुनगयो भाँडिन्छ भाँडिन्छ कि हाम्रो हार्दिकता दिदी र बहिनी मासिन्छ मासिन्छ कि !

Nepal Telecom ad

हेम अधिकारी :

छोरी/चेली बिनाको तीज वर्षा सानु बिदा भई अब हिलो
धोई पखाली गरी आई शान्त, सफा, सुरम्य, सरसी यो
सारदी सुन्दरी हाम्रा पर्व अदम्य हर्ष सपना निम्ता यसैले गरी
आयो तीज लिएर आज सबका छोरी र चेली भरी ॥२५

आयो तीज गयो हिलो शरदको शोभा सबै झल्किए
सारीले हरियी ,लपक्क धरती ,आभा खुले टल्किए
हाम्रा पर्वतराज दिव्य सुनका,चाँदी,हिराका घर
चेलीले भरिपूणर् गाउँ घरका बाटा सफा सुन्दर ॥२६

आए गाउँभरी रमेर तनया हाँसे हँसाए घर
चम्काए सब गाउँनै झिलिमिली भो तीजको हर्हर !
गाई सुन्दर भावका सरसिला राम्रा मिठा गीतले
टाडाका बहिनी दिदी मिलनमा हाँसीखुशी प्रीतले ॥२७

पैसाले धनले बरालिन गए बाँच्तैन है संस्कृति
झल्काई गहना छ होड कतिमा बड्दोछ अस्वीकृति
ऐले तीज कसो कसो हुनगयो भाँडिन्छ भाँडिन्छ कि
हाम्रो हार्दिकता दिदी र बहिनी मासिन्छ मासिन्छ कि !२८

छोरी छन् जसका, सजाइ घरमा आई सबै चम्किने
बाआमा दिलका पियार मनका आशा सहारा हुने
क्या हाँसो ! घरमा लिएर ,सबका चेली हुने हाजिर
फिक्का यो कति हुन्छ! तीज, नहुँदा छोरी, नियास्रो घर ॥२९

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
तह मिलान

तह मिलान

हेम अधिकारी
बैतर्नी तर्ने

बैतर्नी तर्ने

हेम अधिकारी
घुर्मैला सपनाहरू

घुर्मैला सपनाहरू

हेम अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
0
Would love your thoughts, please comment.x
()
x