
दर
के हुनु घरमा खाना बसाले पछि दर खाने निम्ता गर्दछ्न् । नजाउँ मातेर आइन भन्लान्, जाउँ यसरी पाकेको खाना फाल्नु पर्छ । यो हप्ता त मेरो पकाउँदै फाल्दै गरेर बित्ने भयो नि ।

ढाकामोहन बराल :
“के हो ,फोहोरको पोको त ठूलो छ त मेडम ?” हरिमायाले भनिन् ।
“ट्रक दिन दिनै आए पनि आज भोलि फोहोर बढी हुन थालेको छ ।” उषाले भनिन् ।
उनीहरू महानगरको फोहोर मैला लिन आउने कन्टेनरमा फोहोर खन्याउँदै थिए । कन्टेनर भरिन आँट्दै थियो ।
“हजुरले त राख्न पाउनु भयो, अब पारी गल्लीमा यो खन्याएर मात्र आउँछ ।” फोहर ब्यबस्थापनका कर्मचारीले भने ।
“आज भोलि कति धेरै फोहर निस्कन्छ है महानगरमा ?” हरिमायाले भनिन् ।
“के गर्नु पहाडमा भए कि वस्तुले खान्थ्यो कि मलखाद हुन्थ्यो । यहाँ जे पनि फाल्नु पर्ने ।” उषाले भनिन् ।
“आज के फाल्नु भयो त मेडम त्यसरी ?” हरिमायाले सोधिन् ।
“के हुनु घरमा खाना बसाले पछि दर खाने निम्ता गर्दछ्न् । नजाउँ मातेर आइन भन्लान्, जाउँ यसरी पाकेको खाना फाल्नु पर्छ । यो हप्ता त मेरो पकाउँदै फाल्दै गरेर बित्ने भयो नि ।” उषाले भनिन् ।
०००
पोखरा ७ मासबार, कास्की
Subscribe
Login
0 Comments
Oldest