साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अङ्गहरूलाई अनुरोध

प्रिय, खप्पर भित्रको गिदी ! खाली मोबाइलमा मात्रै आँखालाई नपठाऊ यूट्युब र फेसबुकमा मात्रै नरमाऊ पुस्तकहरू पढ्न पनि खटाऊ चिन्तन गर्न पनि अह्राऊ ।

Nepal Telecom ad

सुरेश राई :

प्रिय, हातखुट्टाहरू हो !
धेरै अल्छी नबन
त्यो भुँडी आफै हल्लिन सक्दैन बिचरा
त्यसलाई कुदाउनु पर्छ
त्यसलाई सहयोग गर
आङको ठाउँठाउँमा लागेको मासु घटाउन
तिमीहरूले नै पहल गर्नु पर्छ
त्यसैले परिश्रम गर
जाँगर चलाऊ
धेर थोर शरीरलाई पसिनाले दैनिक भिजाऊ

प्रिय, जिब्रो !
खाली मीठो मीठो
गुलियो, तारेको र भुटेको खान नखोज
रक्तधारामा बढ्दै गरेको बोसोको मात्रा
आफै घट्न जान्दैन बिचरा
तिमीले घटाउन बल गर्नु पर्छ
नत्र प्रेसर हुन्छ
सुगर हुन्छ र ढलिन्छ
ढलियो भने सुरुमा त तिमी नै टोकिन्छौ
फलफूल खानु पर्दा
आफैलाई उपकार गरे झैँ नगर
मासु भए आफैले खाए जस्तो
र सागसब्जी भए पेटलाई ख्वाए जस्तो नगर

प्रिय, खप्पर भित्रको गिदी !
खाली मोबाइलमा मात्रै
आँखालाई नपठाऊ
यूट्युब र फेसबुकमा मात्रै नरमाऊ
पुस्तकहरू पढ्न पनि खटाऊ
चिन्तन गर्न पनि अह्राऊ
कानलाई बेलाबेला खोलाको कल्कल
चराहरूको चिर्बिर
वन जङ्गलको हुईँहुईँ
र पहाडको मौन ध्वनि सुन्न लैजाऊ
इन्धन डढेको सवारी साधनको गन्ध
र खाइनसक्नु महंगो कफीको बासनाबाट
मुक्त गरेर नाकलाई
कहिलेकाहीँ यो शहर बाहिर पठाऊ
र स्वच्छ वायुको
प्राकृतिक प्राण सुँघ्न भनेर सम्झाऊ ।

०००
बाम्राङ, खोटाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x