साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुबा हुन् धराका सुनौला निसान

छ बाबाबिनाको धराधाम शून्य यिनै सृष्टिकर्ता पुजे मिल्छ पुण्य खुवाएर पाल्छन् पिताले जहान बुबा हुन् धराका, सुनौला निसान ।

Nepal Telecom ad

विदुर अधिकारी :

बुबा सभ्यताका, भलो पात्र जान
यिनैका कृपाले, यहाँ मिल्छ सान
बुझे सत्य वाणी, हुने दिव्य ज्ञान
बुबा हुन् धराका, सुनौला निसान ।
(१)

पिताले दिनेछन् सहारा अपार
बुबा हुन् कलाका भलो सूत्रधार
यिनै हुन् विधाता सबैका इमान
बुबा हुन् धराका सुनौला निसान ।
(२)

फकाई फुल्याई बढाएर पाले
दिई दिव्य शिक्षा धरामा अँगाले
यही जिन्दगीमा सिकाए स्वमान
बुबा हुन् धराका, सुनौला निसान ।
(३)

बुबा आउँदा गेह बन्ने उज्यालो
बुबा छाउँदा हट्न जानेछ जालो
यिनै चेतना दिव्यताका मुहान
बुबा हुन् धराका सुनौला निसान ।
(४)

छ बाबाबिनाको धराधाम शून्य
यिनै सृष्टिकर्ता पुजे मिल्छ पुण्य
खुवाएर पाल्छन् पिताले जहान
बुबा हुन् धराका, सुनौला निसान ।
(५)

०००
रामपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लागेछ असार

लागेछ असार

विदुर अधिकारी
सासू-मुमा

सासू-मुमा

विदुर अधिकारी
वृद्ध जोडी

वृद्ध जोडी

विदुर अधिकारी
वृद्ध जोडी

वृद्ध जोडी

विदुर अधिकारी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x