नवराज कार्कीतीन मट्याङ्ग्रा !
त्यस्तो मीठो बोल्न जान्ने पनि होइनन् त्यस्तो राम्रो लेख्न जान्ने पनि होइनन् ठाउँमा ताकेर मज्जाले हान्न जान्ने हुनाले पटकपटक मान्य भएका हुन् उनी, नत्र अरु क्यै त्यस्तो, जान्ने पनि होइनन् ।

नवराज कार्की :
१.
ठूलो माग्ने हो “सम्पादक” माग्न छाड्नु हुन्न
“रचना” होस् या “विज्ञापन” माग्न छाड्नु हुन्न
जे छापिन्छ त्यै देखिन्छ, अरू तपसिलका कुरा
दिनु नदिनु उसको खुसी, माग्न छाड्नु हुन्न ।
२.
म सधैं हातमा कलम र कापी लिएर हिँड्ने
उनी सधैँ साथमा चाकु र लाठी लिएर हिँड्ने
बाटो बेग्दै हुनाले कतै, ठोकिएनौ हामी
साथी थियौं, बेग्लाबेग्लै, साथी लिएर हिँड्ने ।
३.
त्यस्तो मीठो बोल्न जान्ने पनि होइनन्
त्यस्तो राम्रो लेख्न जान्ने पनि होइनन्
ठाउँमा ताकेर मज्जाले हान्न जान्ने हुनाले
पटकपटक मान्य भएका हुन् उनी, नत्र अरु
क्यै त्यस्तो, जान्ने पनि होइनन् ।
०००
अमेरिका
Subscribe
Login
0 Comments
Oldest






































