साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा सत्य आधा भ्रम- ६

राष्ट्रले ढिंँडोलाई दिएको यो विशेष सम्मानसँगै हामी हरेक नेपालीभाषीहरुले कम्तीमा हप्ताको एक दिन ढिंँडो खान जरुरी देखिएको छ। स्वस्थ राम्रो पनि हुने, देशको सम्मान पनि हुने यो अभियानमा साथ दिन नुन चिनी पानीले आव्हान गरेको छ।

Nepal Telecom ad

अर्जुन दाहाल (क) :

उहिले उहिले ढिंँडो खानेलाई गरिव भनेर हेप्ने चलन थियो। कम्जोर आर्थिक अवस्था भएकाले ढिंँडो खाने बाध्यता पनि थियो। तर चैत्र ५ गते बसेको नेपाल सरकारको मन्त्री परिषदको बैठकले नेपालको राष्ट्रिय खाना ढिँडो भनेर घोषणा गरे पछि ढिंँडो खाने, पकाउने र बेच्नेहरुको छाती चौडा भएको र सामाजिक स्तर ह्वात्तै बढेको छ। सो घोषणा गर्नु अघि ढिंँडोमा हाम्रो शरीरलाई चाहिने के के पदार्थ छ भनेर बिज्ञहरुले अध्यायन गरेका थिए।

ढिँडोमा केही गरिवीको मात्रा, केही पसिनाको मात्रा, केही आँसुको मात्रा सँगै आइरन तथा भाइटामिनहरु प्रसस्त पाइने निस्कर्ष निकालेको छ।

सरकारले सो घोषणा मात्र गरेन आगामी नयाँ वर्ष २०८२ को अवसर पारेर विभिन्न देशका राष्ट्र प्रमुखहरुलाई निम्ता गरि ढिंँडो खुवाउने महत्वाकांक्षी कार्यक्रम पनि अघि सारेको छ। कोदोबाट बनाइने ढिंँडोको साथमा कोदोबाट नै बनाइएको झोल पनि राखिने छ। होलि वाइन झोलको भन्दा पक्कै पनि सो कोदोको झोलको चर्चा र प्रसंसा हुने सहज अनुमान गर्न सकिन्छ।

राष्ट्रले ढिंँडोलाई दिएको यो विशेष सम्मानसँगै हामी हरेक नेपालीभाषीहरुले कम्तीमा हप्ताको एक दिन ढिंँडो खान जरुरी देखिएको छ। स्वस्थ राम्रो पनि हुने, देशको सम्मान पनि हुने यो अभियानमा साथ दिन नुन चिनी पानीले आव्हान गरेको छ।

“कोदोको ढिंँडो खाए, कोदोको झोल सित्तैमा” भन्ने नाराका साथ हाम्रो राष्ट्रिय परिकारलाई अन्तर्राष्ट्रियकरण गरौं। जय होस् ..
क्रमशः

०००
(व्यङ्ग्य लेखक नुन चिनी पानी अमेरिकाका परिकल्पनाकार हुन् )

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अबसुखीकरण कार्यक्रम:

अबसुखीकरण कार्यक्रम:

अर्जुन दाहाल (क)
बाजी:

बाजी:

अर्जुन दाहाल (क)
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
आधा सत्य : आधा भ्रम- ५०

आधा सत्य : आधा...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम- ४९

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४८

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
बैठक

बैठक

भोलानाथ सुबेदी
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
उखान, इख र अङ्कलको टिभी

उखान, इख र अङ्कलको...

दामाेदर न्याैपाने
बाढीको पाठ

बाढीको पाठ

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x