साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देखाउने दाँत

बन्छन् ऐन छ चैन मेच सबमा लाग्दैन क्यै कानुन केही छैन उपाय ती सुकुलमा भाग्दैन त्यै कानुन यौटा दाँत चपाउने छ र अझै अर्को छ देखाउने भाँच्नै पर्छ चपाउने, रहिरहोस् त्यै मात्र देखाउने ।

Nepal Telecom ad

काशीनाथ मिश्रित :

भ्रष्टाचार बढेर व्यापक भयो भन्छन् सबैले तर
जो हो चोर ठुलो छ सोर उसकै के पो भएको छ र ?
भ्रष्टाचार भयो भनेर जसले भन्छन् उनै गर्दछन्
ख्वाई घूस जता छ लुट्न सरुवा गर्छन् त्यतै सर्दछन् ।

न्यायाधीश भएर घूस सजिलै खान्छन् अरूको कुरा
के गर्नू बिचरा निरीह मुखिया भेटुन् कहाँ आँकुरा !
बाटो पूल बनाउने सब यहाँ खान्छन् गिटीबालुवा
ज्यामीले श्रम बेच्नसम्म नसकी बन्छन् घरैपालुवा ।

उम्कन्छन् कतिले करोड रुपियाँ चोरी लुकाए पनि
पक्रिन्छन् कति भोक मेट्न कनिका काँचै बुकाए पनि
निस्फिक्रीसँग हिँड्दछन् दशगजा भन्सार ठग्ने पनि
भिर्छन् वस्त्र त गेरुवा नि मठमा ती मूर्ति लग्ने पनि ।

कुर्नै मासु त स्याल वा कुकुरको जत्था पठाए जहाँ
काढी र्‍याल कठै बसुन् र बिचरा खाई अघाए त्यहाँ
के भो हेर्न भनेर गिद्ध सबका टोली त्यहाँ पुग्दछन्
मोटा मात्र थिए सबै कुकुर ती बेजोडले भुक्दछन् ।

मन्त्री क्वाटर पो सजाउन यहाँ बन्छन् सयौँ योजना
खाने अन्न नपाइ भोकमरिले मर्छन् हजारौँ जना
जन्ताको रखवार गर्न जसले जिम्मा लिई बस्तछ
के पो लाग्छ र सुस्त सुस्त उसले घाँटी स्वयं कस्दछ ।

डामाडोल छ अर्थतन्त्र अहिले खस्केर पैह्रो गयो
माछा मार्न असाध्य औसर पर्‍यो पानी त मैलो भयो
जेटै खान सके बजेट त निकै सानो कुरा भैसक्यो
कत्रो पेट रहेछ भेट नहुने हेर्ने सदिच्छा थियो ।

बन्छन् ऐन छ चैन मेच सबमा लाग्दैन क्यै कानुन
केही छैन उपाय ती सुकुलमा भाग्दैन त्यै कानुन
यौटा दाँत चपाउने छ र अझै अर्को छ देखाउने
भाँच्नै पर्छ चपाउने, रहिरहोस् त्यै मात्र देखाउने ।

भ्रष्टाचार छ नौनितुल्य दधिमा त्यो मथ्नु ऐले पर्‍यो
खै कल्ले किन हो र फेरि कहिले ठेकी मदानी हर्‍यो !
सुन्दै छौँ अझ अख्तीयार छ कता ? न्वारान कल्ले गर्‍यो ?
मेट्नै पर्छ कुनाम त्यो कपटको ज्यादै समस्या पर्‍यो ।

०००
२०६२/०१/२८
२०८१ चैत २८ गते लाेकार्पित ‘मिश्रित तरङ्ग’ कवितासङ्ग्रहबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बालेन्ड

बालेन्ड

काशीनाथ मिश्रित
मातापिता !

मातापिता !

काशीनाथ मिश्रित
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x