साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा

आमाकै वलिदान बाट सबको तङ्ग्रिन्छ यो जीवनी आमा वृद्ध भनेर हेय नगरुन् छोरा कसैले पनि सेवामा सहजै लगाउन सकुन् सामर्थ्य आफ्नो अनि छोरा बाँच्न सकुन् सबै श्रवण झैँ अत्यन्त ज्ञानी बनी॥

Nepal Telecom ad

रामशरण न्याैपाने :

आमा हुन् गुणकी धनी भगवती सीता रमा भारती
आमाको म त गर्छु रोज सँगिनी पूजा तथा आरती
छातीभित्र छ स्नेहको जलधि नै गाम्भिर्य इन्द्रावती
आमा शव्द बनेर लेप दिलको टालिन्छ घाहा जति॥१

आमा छिन् र यहाँ सुचारु सितले चल्दैछ संसार यो
आमा नै नभए विशाल धरती के हुन्छ गुल्जार यो?
जस्को गर्भ चिरेर बन्छ नरको हो जन्म साकार यो
आमा नै खुद सृष्टिको विपुलता हो मूल आधार यो॥२

यस्तो लाग्दछ यो विशाल भवको देखेर नै सौम्यता
आमाकै प्रिय रूप धारण गरी झर्छन् महान् देवता
आमा छन् यसले अपार सुखमा छन् बालबच्चा यता
आमाको अपमान गर्नु नरले त्यो हुन्छ झन् मूर्खता॥३

खानी हुन् जननी दया र गुणकी सौन्दर्यकी सानकी
मर्यादा यिनको सदा सपुतले गर्छन् गुनी जानकी
जस्तै आपदमा डटी भर दिने आधार उत्थानकी
नारी हुन् गुरु रूपिणी सुवदना आदर्शकी ज्ञानकी॥४

आमाकै वलिदान बाट सबको तङ्ग्रिन्छ यो जीवनी
आमा वृद्ध भनेर हेय नगरुन् छोरा कसैले पनि
सेवामा सहजै लगाउन सकुन् सामर्थ्य आफ्नो अनि
छोरा बाँच्न सकुन् सबै श्रवण झैँ अत्यन्त ज्ञानी बनी॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x