साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सपनामा आमा

आमाले पछिल्तिर देखाइन् । छोरोको पछिल्तिर दुवै आँखाबाट आँसु बगिरहेका अवस्थामा बाबु र छोराको आँखा जुध्यो । छोरो चिच्यायो 'बाबा ! आमा !!!' बिचरोको सपना टुट्यो ।

Nepal Telecom ad

हरि खनाल :

‘छोरा ! तिम्रो निधारमा कति ठूलो टुटुल्को उठेछ ।’ आमाले टाढैबाट भनिन् । उसले आँखा खोल्यो । आफैँले छुँदा पनि बेसरी दुखेको टुटुल्को आमाले छाम्दा दुखेन बरु मलम लगाएझैँ शीतल भयो । आमाले उसको निधारको टुटुल्को हलुका हातले चलाएरै ठीक पारिन् ।

‘तिमीलाई पनि तिमीले हामीलाई तीर्थ गर्न जाने भनेर ल्याएजस्तै गरी ल्याएर छोडे कि आफैँ आयौ त यो वृद्धाश्रममा ?’ आमाले मुसार्दै सोधिन् ।

‘हो आमा मैले हजुरहरूलाई ल्याएकै शैलीमा छोराबुहारीले ल्याएर छोडे ।’ घुँक्कघुँक्क गर्दै भन्यो छोराले ।
‘अनि तिमीले त तिम्रो बाबुआमालाई नै ल्याएर छोडेका थियौ त । बुहारीलाईचाहिँ ल्याएनन् छोराले ?’ आमाले सोधिन् ।

‘आमा ! तपाईँलाई बुहारीले बेलनाले हिर्काएकी थिई हैन ?’ छोरोले आँखाभरि आँसु पार्दै सोध्यो ।

‘हो छोरा । बुहारीले बेलनाले हानेकी थिई । तिमीले तिम्रो बाबुलाई धकेलेर लडाएका थियौ । तिम्रा छोराले के गरे बाबु ?’ आमाले सोधिन् ।

‘हजुरकी नातिनी बुहारीले त कुकर उठाएर हानिछन् । तपाईँको बुहारी त उठ्दै उठिन । मलाईचाहिँ छोरोले आफैँले घाँटीमा झुण्ड्याएको त्यो बिरामी जाँच्ने स्टेथेस्कोप भन्छ क्यारे त्यसैले हानेको थियो ।’ छोरोले सुँक्कसुँक्क गर्दै भन्यो ।

‘आम्मै मेरो बाबुलाई कति दुख्यो होला ? कहाँ चोट लाग्यो बाबु ?’ आमाले छोरोलाई सुमसुम्याउँदै सोधिन् । छोरो पनि मातृस्नेहमा पग्लिँदै चिच्यायो ‘आमा मलाई टाउकोमा हानेको थियो । खै पछि कता लगेर उपचार गर्यो कुनि । थाहा पाइन ।’

छोरो रोएकोले आमाले धेरैबेर मुसारिन् । उसका आँखा अलि ओभानो भए ।

‘बाबु ! तिमी पनि यही वृद्धाश्रममा आइपुगेछौ जहाँ हामी बसेका थियौँ । तिम्रो नाम सुनेपछि यो वृद्धाश्रमले पैसा त मागेन नि ?’ आमाले सोधिन् ।

‘खै आजसम्म मागेको छैन । छोरोले बुझाएछ कि ।’ छोरोले आश्चर्यभावमा आमालाई भन्यो ।

‘तिमीसँग अझै त माग्दैन होला छोरा । किनभने तिम्रो बाबा र मैले धेरै नै पैसा जम्मा गरिदिएका थियौँ । त्यो पनि तिम्रै नाममा ।’

‘हँ कसरी जम्मा गरिदिनुभयो ? कहाँबाट आयो त्यतिका पैसा आमा ?’ छोरोले उठेर सोध्यो ।

‘तिम्रो बाबा धागो कात्नुहुन्थ्यो । म बत्ती कात्थेँ । हामीले निकै दुख गरेर पैसा कमाएका थियौँ ।’ आमाको गला अवरुद्ध भयो ।

‘आमा ! अनि के आधारमा हजुरहरूले मेरो नाममा पैसा जम्मा गर्नुभयो त ?’ छोरोको रुञ्चे बोली निस्क्यो ।

‘हामीलाई थाहा थियो तिमी पनि यहीँ आइपुग्नेछौ भनेर । हामीले यहाँ बाँच्न निकै दुख गर्नुपर्यो ।तिम्रा हजुरबा र हजुरआमाले आफ्ना छोराबुहारी यस्तो ठाउँमा आउनुपर्ला भन्ने सोचेका पनि रहेनछन् । किनभने उनीहरूलाई त यहाँ आउनुपरेन । त्यसैले हाम्रा लागि केही गरिदिने कुरै भएन । तिमीलाई भने यस्तो बाध्यता आउला भन्ने हामीले सोच्यौँ । यहाँ आएपछि हामीलाई जस्तो दुख तिमीलाई नपरोस् भन्ने तिम्रो बाबा र मेरो चाहना थियो । भगवान दाहिना भएर तिमी यहाँ आइपुगेनौ भने हामीजस्ता अलपत्र परेका वृद्धको लागि हामीले जम्मा गरेको पैसा खर्च गर्नु भनेर भर्पाइ गरिदिएका थियौँ ।’ आमाले सुनाइन् । आमाको आँखाबाट अविराम आँसु झरिरहेका थिए ।

‘बाबाचाहिँ मलाई हेर्न आउनु भएन नि ।’ छोरोले फेरि जिज्ञासा राख्यो ।

आमाले पछिल्तिर देखाइन् । छोरोको पछिल्तिर दुवै आँखाबाट आँसु बगिरहेका अवस्थामा बाबु र छोराको आँखा जुध्यो । छोरो चिच्यायो ‘बाबा ! आमा !!!’

बिचरोको सपना टुट्यो । बाहिर मानिसहरूको आवाज सुनिँदै थियो ‘आज आमा‍औँसीको दिन । हामी यहाँ बसेका आमाहरू लगायत सबै वृद्धहरूलाई आफ्नै हातले फलफूल खुवाउँछौँ ।’

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कथुरी

कथुरी

आर.सी. रिजाल
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x