साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हो म डेलीभरी ब्वाय हूँ हजूर !

तपाईं बाँच्नुस् जीवन तडक भडकमा पुर्‍याउन अर्डर हामी जतिबेला सडकमा । छोराको स्कुल फीस तिर्नु छ, सम्झन्छु अर्डर बोकेर पिठ्युँमा हतारमा लम्कन्छु।।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

मेरा व्यथा अनेक कथा छन् अनन्त,
दगुर्नु पर्छ हुँइकिएर अर्द्धरात्रि प्रयन्त ।
जिन्दगी बाँच्दैछु अनिश्चिततामा,
छैन मिठास, छ जीवन तिक्ततामा।

चाहनाहरूको चहक छ तपाईंको द्वारमा,
हाम्रो जिन्दगी बित्छ यस्तै ख्यार ख्यारमा,
यहाँ असमानता भरिएको भाव विचारमा,
गाह्रो थपिदै गइरहेको छ हाम्रो रोजगारमा।

हो म आफू भोको छु त के भयो दगुर्छु,
मेटाउन यहाँको भोक खाना पुर्‍याउँछु।
म टन्टलापुर घाममा, तपाईं आराममा,
मोटरसाइकिलमा बेग बोकेर काममा।

हवाहुरी घामपानी सबै सहन्छौं,
इच्छा पुर्‍याउन तपाईंको घर पुग्छौं।
हो तलब पाइन्छ पसिना निकाली
अलिकति कमी रहँदै खान्छौं गाली।

तपाईं दशैं तिहारमा उत्सवको मोजमा,
हामी थिचिएका थप कामको बोझमा।
जब म फँस्छु बाटोबीच ट्राफिक जाममा
काटिन्छ पैसा ढिलो पुर्‍याएको नाममा।

तपाईं बाँच्नुस् जीवन तडक भडकमा
पुर्‍याउन अर्डर हामी जतिबेला सडकमा ।
छोराको स्कुल फीस तिर्नु छ, सम्झन्छु
अर्डर बोकेर पिठ्युँमा हतारमा लम्कन्छु।।

यहाँको छोराको लागि केक लिएर आउँछु
आफ्नै छोरीको बर्थ डे- कहाँ भ्याउँछु ?
हाम्रा डेलीभरी ब्वायको कथा छ विचित्र
जस्तो जे देखें कोरेको छु यो “व्यथा-चित्र” ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यो पनि त थियो जिन्दगी

त्यो पनि त थियो...

लक्ष्मण नेवटिया
मगजको गन्थन-मन्थन

मगजको गन्थन-मन्थन

लक्ष्मण नेवटिया
समयको सर्कस

समयको सर्कस

लक्ष्मण नेवटिया
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
म हुँ अक्षरको किसान

म हुँ अक्षरको किसान

लक्ष्मण नेवटिया
हे सुन ! कुरा सुन !!

हे सुन ! कुरा...

लक्ष्मण नेवटिया
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x