साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश) – ४३

घुम्नेछन् विश्व आँखा सबतिर घरमा हर्ष बोकेर नाचूँ ।। खोला बग्छन् हजारौँ जलधन नचिनी बन्न लागेँ भिखारी । बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।‌।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

सहजसित म रोजूँ कर्मको दिव्य मार्ग ।
क्षिति सुयश फिँजाई डुल्छ मेरै हितार्थ ।।
अनलमय बनाई वक्ष आफ्नै नघोचूँ ।
सुखमय पथ खन्ने मेलमाला म रोजूँ ।‌।०६।।

झुल्नेछन् सौख्य आभा जनमन सुखको पाउँछन् गर्न भोग ।
पक्री च्याप्पै उचालौँ हितगति सबले कर्ममा हुन्छ योग ।।
लड्नेछन् दम्भ वैरी मनुज हृदयकाे कृत्य बन्नेछ भारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी।।०७।।

ल्याऔँ सद्भावनाले भुवनभर खुसी रम्य पारोस् धराले ।
मेरै सत्कर्म पाए उरभरि फलको सौख्य दिन्छन् गराले ।।
छन् योग्यायोग्य साथै भवहित म टिपूँ बाँध्न चौडा भकारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।‌।०८।।

डाँडाकाँडा हिमाली विहग पशु सबै पाल्न थालूँ कलाले ।
हामी सम्पन्न बन्छौँ हितमय पथ यो मिल्छ भन्छन् भेलाले।
खोलूँ उद्योग धन्दा पशुधन बटुलूँ विश्व बाँड्छन् चिनारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।‌।०९।।

उम्दा मिल्छन् बुटी झन् सुकृत पथ हिँडूँ हर्षका साथ बाँचूँ।
घुम्नेछन् विश्व आँखा सबतिर घरमा हर्ष बोकेर नाचूँ ।।
खोला बग्छन् हजारौँ जलधन नचिनी बन्न लागेँ भिखारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।‌।
१०।।

०००
सुम्बेक, इलाम नगरपालिका वडा नं ०२, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x