साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश- ४४)

अग्ला डाँडा सुनौला मनुजमन छुने दृश्य खुल्छन् हजार । डाँडाकाँडा खुलेका अति शुभलय छन् शान्ति शोभा बजार ।। आऊन् नौला घुमन्ते हृदय सुख टिपी बन्छ आफू पुजारी। बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।‌

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

छक्कापञ्जा खुसीका अभयसित डुलून् चेत दृष्टि फिँजारून् ।
आफ्नै आर्जेर सङ्ला सुखसयल टिपूँ रोग टन्टा लघारून् ।
मान्छे आफू बनेमा सब भव सुखको खोज्छ बाटो सकारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।‌।११।।

खोला मेरा सुसाई रनवन सुखका बज्दछन् दिव्य गाना ।
खोजूँ आफ्ना कालाले अतिशय रसिलो गर्विलो दिव्य पाना ।।
बढ्नेछन् सौख्य सङ्ला सकल मनुजका भावभङ्गी उघारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।‌।१२।।

आत्मा तान्ने गुफा छन् परपर म छरूँ पाहुना डुल्न आऊन् ।
देखाई हेर्न लाने जनमन सुखले बाँच्न पैसा कमाऊन् ।।
खोजूँ राम्रा कलाले जनमन बहका पूर्ण भारी निथारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।‌।१३।।

अग्ला डाँडा सुनौला मनुजमन छुने दृश्य खुल्छन् हजार ।
डाँडाकाँडा खुलेका अति शुभलय छन् शान्ति शोभा बजार ।।
आऊन् नौला घुमन्ते हृदय सुख टिपी बन्छ आफू पुजारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।‌।१४।।

कर्मी भाका उचालूँ गिरिशिर म चढूँ पूर्ण संसार देखूँ ।
नौलो बाटो उज्यालो भवभर युगको मागको चित्र लेखूँ।।
खुल्नेछन् मान्यताका नवशिखर बनी घुम्छ आफैँ विचारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।‌।१५।।

०००
इलाम नगरपालिका वडा नं ०२, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x