रामशरण न्याैपानेभिर्दैछ आज मान्छे
उन्मत्त साँढको झैँ देखिन्छ चाल रड्डी को भन्छ चेतनामा फिर्दैछ आज मान्छे ?

रामशरण न्यौपाने :
पद धन भएर के भो गिर्दैछ आज मान्छे
दासत्वको सुरुङमा छिर्दैछ आज मान्छे।
सत्कर्म गर्छु भन्दै जति नै सपथ लिए नि
जनता र देशलाई पिर्दैछ आज मान्छे।
पुर्खा र पितृलाई दोषी करार गर्दै
संस्कार सब विदेशी भिर्दैछ आज मान्छे।
पापी र घातकीको दासी बनेर हरदम
कुन जन्मको बक्यौता तिर्दैछ आज मान्छे।
उन्मत्त साँढको झैँ देखिन्छ चाल रड्डी
को भन्छ चेतनामा फिर्दैछ आज मान्छे ?
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































