साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश) -४५

डाँडापाखा सजाऊँ द्रुम,तरु फलले खुल्छ शोभा सुनौलो।। धर्तीले भन्छ आओ युग पथसँग होस् प्राप्ति सङ्ला पुकारी ।। बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी।।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

सिङ्गै नेपाल हाँसोस् सुख गगन चुमी मिल्छ आनन्द प्यारो ।
माथा खाने समस्या सब घर नहुँदा भाग्छ झर्के लठारो ।।
आओ सद्भाव बोकी भवभर सुखको स्वर्णआभा फिँजारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।‌।१६।।

खोजूँ उद्योग उम्दा प्रविधिपथ बढी सिर्जनामा रमाऔँ ।
योद्धा हौ वीर भन्छन् सब पर जनले नाम अर्को कमाऔँ।।
फ्याँकूँ आलस्य वैरी खुद श्रम पथको बन्न जानौँ पुजारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी।।१७।।

आफ्ना खानी खजाना श्रम सब जनको आश गर्छन् म जानूँ ।
क्रोधी बन्ने कुबाटो खुद पर म गरूँ प्रेमको मार्ग छानूँ ।।
बोक्नेछन् भाव सङ्ला मनुजमन खुली शङ्ख फुक्छन् चिनारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।१८।।

अग्ला संस्कार मेरा सुखमय मन यो पार्दछन् ज्ञान बोकूँ ।
माटो उम्दा छ मेरो श्रमपथ युगको सिर्जनामा म पोखूँ ।।
खाने, बस्ने र डुल्ने तर श्रम नछुने कृत्य दुर्छे नधारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी।।१९।।

अर्को डाँडो उठाऊँ कृत पथ म बढी हर्ष झुल्किन्छ नौलो।
डाँडापाखा सजाऊँ द्रुम,तरु फलले खुल्छ शोभा सुनौलो।।
धर्तीले भन्छ आओ युग पथसँग होस् प्राप्ति सङ्ला पुकारी ।।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी।।२०।।

०००
इलाम नगरपालिका वडा नं ०२, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
0
Would love your thoughts, please comment.x
()
x