साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोरु ब्याउने कुरो छ

जनतालाई धोकै हो जोसुकै आऊन् सबैको भित्र भित्रै कमाउने कुरो छ ।

Nepal Telecom ad

मरुभूमि नारायण :

आज शहरमा राजा ल्याउने कुरो छ
गाई सकिएर गोरु ब्याउने कुरो छ ।

पहिला तिनले मुखैले मुर्दावाद भने
ऐले फेरि जिन्दावाद आउने कुरो छ ।

सहर कब्जाको कुरो छ नै एकातिर
अर्कोतिर विपक्षी भगाउने कुरो छ ।

को भाग्छ को पछि लाग्छ थाहा छैन
सनकलाई साङ्लो लगाउने कुरो छ ।

यो देशमा देश लुट्ने लुटेरा थोरै भए
बरा तिनैलाई डाँडो कटाउने कुरो छ ।

अपराधी उम्किन्छ नै अपराध गरेर
घरैमा बस्नेलाई पो समाउने कुरो छ ।

चोरको ठूलो स्वर अवस्थ हुन्छ यहाँ
सरकार हतियारमा रमाउने कुरो छ ।

जनतालाई धोकै हो जोसुकै आऊन्
सबैको भित्र भित्रै कमाउने कुरो छ ।

०००
तनहुँ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x