साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गणतन्त्र

"कस्तो आफ्नै कुरा ! यो गणतन्त्र सबैको लागि हो । हजुरले बिरोध गर्न पाउँनु भयो। .. हो ! उनीहरूले पनि भ्रष्टाचार गर्न पाए ! त्यही भन्न खोजेका त हौला नि बाबुले ?"

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“मित्र भोलि गणतन्त्र दिवसको कार्यक्रम छ पाल्नुहोला है !”-सभासद श्यामलालले रामलाललाई प्रचारकै क्रममा भने।
उनीहरू पुराना मित्र पार्टी छुट्टाछुट्टै भए पनि सँगसँगै जनआन्दोलनमा कुदेका मध्य हुन्।

“के कार्यक्रम राख्नु भएको छ र सरले ?”-रामलालले निदार खुम्चाउँदै सोधे।
“के राख्नु भएको छ नभन्नोस् बरू के राखेका छौँ भन्नोस्। यो सबै गणतन्त्रवादीहरूको साझा कार्यक्रम हो। हजुरहरूका नेताहरू पनि आउँछन्।”-श्यामलालले मुस्कुराउँदै भन्यो।
“के हाम्रा के हजुरका सबै उस्तै त छन् । काले काले मिलेर खाउँ भाले !”- रामलालले नाक मुख बिगार्दै भन्यो।
“के भनेको त्यस्तो ?”-श्यामलाल ठटौले पारामा सोध्यो।

“भ्रष्टाचारले सिमा नागि सक्यो सभासद मन्त्रीहरूलाई थाहानै छैन।” पेटीमा बसेका हजुरबाले खिसि गर्दै भने।
” होइन हजुर बा कसले गर्यो ? भ्रष्टाचार हामिले गरेका छैनौ क्यारे ।बरू हजुरलाई अठ्ठारौँ गणतन्त्र दिवसको शुभकामना छ।” श्यामलालले हजुर बासँग आसिर्वाद लिँदै भन्यो।

“बाँचि रहे बाबु । भाग्यमानी भए ! तर फेरि जितेर संसद मन्त्री भए भनेर आसिक भने दिंदैन।”-असी वर्षिय हजुरबा ज्ञानचन्दले श्यामलालको टाउकोमा हात राख्दै भने।
“ए हजुर बा पनि। कस्तो सबैले भ्रष्टाचार -भ्रष्टाचार भयो नै भनेको” -श्यामलाल खिसिक्क हाँस्यो।
“होइन सरकारी क्षेत्रमा त जताततै भ्रष्टाचार भएकै छ सर !” रामलालले सभासदलाई जानकारी गराए।

“कस्तो आफ्नै कुरा ! यो गणतन्त्र सबैको लागि हो । हजुरले बिरोध गर्न पाउँनु भयो। .. हो ! उनीहरूले पनि भ्रष्टाचार गर्न पाए ! त्यही भन्न खोजेका त हौला नि बाबुले ?” ज्ञानचन्दले श्यामलालको कुरा बिचैमा काटे र प्याच भने।

०००
घोराही- १८, दाङ
१४-०२-२०८२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
विवाह

विवाह

सुरेशकुमार पाण्डे
चट्टान्

चट्टान्

सुरेशकुमार पाण्डे
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x