साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कोक्ल्याँटो

बाङ्गो मात्र रहन्छ सोच घटिया तर्सिन्छ आफैँसँग सारा हुन् अति निम्न हीन तहका हो ऊ स्वयम् पुङ्गव । बुझ्ने अर्थ हुँदैन सात्विक कला के खोज्छ के सान हो कोक्ल्याँटो अझ बस्छ दङ्ग रङमा वैचित्र्य बैमान हो ॥

Nepal Telecom ad

जीवनाथ अधिकारी :

कोक्ल्याँटासित गर्न सङ्गत सके पाइन्छ उच्चासन
क्रोधात्मा जब बन्छ प्यार नबुझी हल्लिन्छ रे आसन ।
आग्राको जब हुन्छ बात विचरो गाग्रो भनी बुझ्दछ
बाटो सम्म हुँदा हुँदै भिर कता खोज्ने कुरा सुझ्दछ ॥१॥

लाटो छैन र बुद्धु हैन सहजै संसारमा घुम्छ ऊ
हामी एक बुझौँ सहस्र ढुकुटी सामर्थ्य बुझ्ने छ ऊ ।
बाङ्गो अर्थ लगाउँदै सडकमा राँको जलायो कति
जोड्दै दुक्ख गरेर बाँध्छ गुठुरी कस्तै सदा सम्पति ॥२॥

छैनन् सौष्ठव आँकुरा तर सधैँ सम्मानले पोल्दछ
झाँकीभित्र रमाउने महलमा विषाक्तता घोल्दछ ।
आफ्नै मात्र कुरा ठुला र गतिला फिस्टा बनेका अरू
धोती खुस्किसक्यो तथापि भ्रममा छोप्तै छ त्यो आबरु ॥३॥

सम्झाऊँ त सकिन्न गर्छ यसरी जिद्दी महाजिद्दी हो
हाल्यो हात जहाँ बिगार्छ तर त्यो भन्ठान्छ भो सिद्धि यो ।
छैनन् तर्क बलिष्ठ, कारण कुनै ‍औचित्य झल्काउने
झुल्ने अन्तरबाट आत्मरतिमा मस्तिष्क सल्काउने ॥४॥

कोक्ल्याँटो छ उँधो बगाउन सके खोजौँ उँभो उत्तर
जस्तो, घाम हराउँदा हिउँदमा हम्किन्छ पङ्खा तर ।
निस्तो भात चपाउँदै सरसमा डुब्दै छु भन्ठान्दछ
आफैँ ईश्वर रूप हो कि जसरी ओल्ठ्याङ ता मान्दछ ॥५॥

कोक्ल्याँटे मनबुद्धि देख्छु छिचरो जुम्सो बस्यो आँटमा
जुम्रो गन्छ बसेर उङ्छ सिकुवा चढ्दै घरी खाटमा ।
यो पो खा न भनेँ म खान्नँ यसरी भन्दै हिँड्यो बाहिर
त्यो पो खान्छु छिटो भनेर सहसा झम्ट्यो कराहीतिर ॥६॥

कोक्ल्याँटो सबभित्र देख्छ कलुषा घन्किन्छ मस्तिष्कमा
कालो चित्र सदैव भाव नगमा सन्किन्छ वैराग्यमा ।
ईर्ष्या पाल्न सिपालु भित्र उरमा झन् झन् बढी कस्तछ
गोल्याँसो न त फुक्छ भारी दिलको दारा स्वयम् धस्तछ ॥७॥

ईर्ष्या मानिसमा जम्यो यदि भने कुण्ठा र गाँठाहरू
कस्सिन्छन् अझ झन् न फुक्छ सजिलै खुम्चेर बाठाहरू ।
बिब्ल्याँटो हुन जान्छ स्निग्ध रसिलो सम्वेदना मर्दछ
कोक्ल्याँटे दिल चुस्स टिप्छ कसिलो निस्तेज भै झर्दछ ॥८॥

केही व्यङ्ग्य बनेर झुल्किन पुगे छाया स्वयम् हो भनी
कोक्ल्याँटो पछि दौडिदिन्छ यसरी जित्तैन है तैपनि ।
तर्सिन्छन् जब व्यङ्ग्यका किरण भै हान्छन् नयाँ तीर भै
कोक्ल्याँटे व्यवहार ठुस्स रङमा पग्लन्छ रे क्षीर भै ।।९।।

बाङ्गो मात्र रहन्छ सोच घटिया तर्सिन्छ आफैँसँग
सारा हुन् अति निम्न हीन तहका हो ऊ स्वयम् पुङ्गव ।
बुझ्ने अर्थ हुँदैन सात्विक कला के खोज्छ के सान हो
कोक्ल्याँटो अझ बस्छ दङ्ग रङमा वैचित्र्य बैमान हो ॥१०

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका सारद हुन्

पाका सारद हुन्

जीवनाथ अधिकारी
मालामाल कमाल

मालामाल कमाल

जीवनाथ अधिकारी
थुक्क मान्छे ! तँ मर्छस्

थुक्क मान्छे ! तँ...

जीवनाथ अधिकारी
सन्तोष /असन्तोष

सन्तोष /असन्तोष

जीवनाथ अधिकारी
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x