साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश- ४८)

पोखूँ सत्कर्म खोजी हरपल मन यो शान्तिको होस् पुजारी । बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी।।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

बोक्रे हाँसो नहाँसूँ अब प्रण म गरूँ कर्म गाएर नौला।
फ्याँकूँ दुर्भाव जम्मै मनमति हितका मार्ग देखोस् सुनौला ।।
बाँधूँ चौडा भकारी सुखलय म टिपूँ दृष्टि उम्दा फिँजारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी।।३१।।

पढ्दै सत्कर्म खोजूँ गुणलय युगको सार भेटूँ उठेर।
चिन्ता टण्टा उजाडूँ सुरलय बटुलूँ कर्म पक्रूँ जुटेर ।।
भाग्छन् दुर्भाव टाढा समय सुख लिई खुल्छ टण्टा निथारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी।।३२।।

कर्मी भाका उचालूँ अनलमय कडा भाग्छ दुर्छे अभाव ।
खुल्छन् राम्रा उज्याला मनुजमन छुने बढ्दछन् दिव्य भाव ‌‌ ।‌।
सत्कर्मी मार्ग लागूँ मन सुुपथ हिँडोस् हर्ष आभा सकारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी।।३३।।

चुन्छन् सन्मार्ग सोझा कृत पथ सहजै हिँड्न गर्छन् हतार।
फ्याँक्नेछन् दुष्ट लाग्ने खलुपन भवका गिँड्न हुन्छन् तयार ।।
यस्ता सत्कर्म पक्रे सुखमय पलले गर्छ माया विचारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी।।३४।।

औँसीका रातजस्ता अप्रिय पथ सबै त्याग्न जानोस् हियाले ।
सिर्जूँ सन्मार्ग सङ्लो मन प्रिय कृत होस् छुन्न अल्छी खियाले ।।
पोखूँ सत्कर्म खोजी हरपल मन यो शान्तिको होस् पुजारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी।।३५।।

०००
इलाम नगरपालिका वडा नं ०२, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x