साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झुठो बोलिरहँदा पनि साँचो लागोस्

उस्ले रातो डायरीमा लेखेको साँचो हुन्छ यत्ति बुझ्दैनौ ? तिम्रो बु‌द्धिमा घाम चाँडो लागोस् ।

Nepal Telecom ad

महेन्द्र उपाध्याय :

त्यो पनि त्यस्तै रैछ, यो पनि झुठो लागोस्
पुरानै दुनियाँ पनि नौलो नौलो लागोस् ।

आफै त त्यस्ता छौ, के दिन सक्लाउ ?
बस कहिलेकाहीँ मैले भनेको लागोस् ।

अब हिसाब बुझाएर मात्रै फर्किन्छु
मलाई पनि हिसाब बराबर भयो लागोस् ।

रुपैयाँले त जहर पनि पाइन्न अचेल
मलाई पनि ठुलै रिण उधारो लागोस् ।

गुलियोमा बिकिसके तिम्रा पनि कान
अब तिम्रो मनलाई पनि अप्ठ्यारो लागोस् ।

सायद अब म फर्किन्न पनि हुँला
मलाई फेरि फेरि पनि यस्तो लागोस् ।

उस्ले रातो डायरीमा लेखेको साँचो हुन्छ
यत्ति बुझ्दैनौ ? तिम्रो बु‌द्धिमा घाम चाँडो लागोस् ।

तिम्रो बोली पनि सरकारको झैं होस्
झुठो बोलिरहँदा पनि साँचो साँचो लागोस् ।

जस्लाई बचाउँछस् उहि मार्न खोज्छ
एम पि तेरो पछाडि किन ? कोही लागोस् ?

०००
लम्कीचुहा, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
चिन्ता

चिन्ता

महेन्द्र उपाध्याय
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x