साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माता पिता शिशिरका सय घाम तापून्

ऊर्जा थपे जति रचेर गृहस्थ जाती पछ्याउँदै सब हिँडून् प्रिय पुत्र नाति आफ्ना रिवाज जति सुन्दर छन् नहापून् माता पिता शिशिरका सय घाम तापून्॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

हुन् जून घामसरिका बहुतै पियारा
खप्दै बढुन् प्रखर ताप र शीतधारा
जाडो हुँदा सिरक कम्बलमाथि खापून्
माता पिता शिशिरका सय घाम तापून्॥१

नेपालको प्रकृति यो सब बुझ्नलाई
सम्पूर्ण उत्तम धरोहर तीर्थ धाई
सक्छन् हिमाल र पहाड मधेस नापून्
माता पिता शिशिरका सय घाम तापून्॥२

सङ्घर्षमा विगतका दिन जो बिताए
नेपालको र जनको हित जो चिताए
त्यो स्वर्णअक्षर कुँदीकन कीर्ति छापून्
माता पिता शिशिरका सय घाम तापून्॥३

कच्चा छ देह नरको घटतुल्य एक
बाधा र विघ्न नपरुन् तनमा अनेक
लागेर रोग नगलून् भयले नकाँपून्
माता पिता शिशिरका सय घाम तापून्॥४

ऊर्जा थपे जति रचेर गृहस्थ जाती
पछ्याउँदै सब हिँडून् प्रिय पुत्र नाति
आफ्ना रिवाज जति सुन्दर छन् नहापून्
माता पिता शिशिरका सय घाम तापून्॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

मुक्ति अस्तित्त्व
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

जगदीश्वर पाेखरेल
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
0
Would love your thoughts, please comment.x
()
x