साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश- ५३)

के हो कर्म सही, सुमार्ग कुन हो ? जान्ने इरादा भए । आओ ज्ञान सही म बाँड्दछु भने डाक्छन् लिनेछौ गए।। हुन्छन् प्राप्ति अनेक यो भुवनमा सद्ज्ञान छान्यो भने । पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

साठी वर्ष कटेँ म ज्येष्ठ गनिएँ हेप्नेहरू हो सुन ।
हान्दै झापट खेद्छु भ्रष्ट जति छौ डाकाहरू हो सुन ।।
चढ्छन् जोस अनन्त कर्म पथमा उल्टो हिँडे क्वै भने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।५६।।

जोजो सत्पथ छान्दछन् भुवनमा मान्छे बनी टिक्तछन् ।।
आशीर्वाद अनन्त मिल्छ गुणको सत्कर्म जो टिप्तछन् ।
यस्ता दिव्य विचार सुन्छ जसले सङ्लेर चोखो हुने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।५७।।

राम्रा कर्म गरेर सन्तति चढून् आकाशमा रम्दछन् ।
उठ्ने उन्नत मार्ग खोज्न दिलले खोजीविषे जम्दछन् ।।
दुष्कर्मी सबका कडा सबक हुन् संज्ञान आभा दिने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।५८।।

छ्न् शङ्का कृत कर्मका डगरमा फाँडेर पार्छन् सफा ।
अज्ञानी पथ भ्रष्टतातिर झुके यी ऐनझैँ हुन् दफा ।।
प्यारा छन् अभिभावकीय पथका सत्कर्म छान्यो भने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।५९।।

के हो कर्म सही, सुमार्ग कुन हो ? जान्ने इरादा भए ।
आओ ज्ञान सही म बाँड्दछु भने डाक्छन् लिनेछौ गए।।
हुन्छन् प्राप्ति अनेक यो भुवनमा सद्ज्ञान छान्यो भने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।६०।।

०००
सुम्बेक, इलाम नगरपालिका वडा नं ०२, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

दीनानाथ पाेखरेल
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न

वृद्धाहरू सबल छन् अब...

दीनानाथ पाेखरेल
विगत‌कै छ सिको अझ वृद्धको

विगत‌कै छ सिको अझ...

दीनानाथ पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

रामशरण न्याैपाने
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

दीनानाथ पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

जगदीश्वर पाेखरेल
मातृ वन्दना

मातृ वन्दना

पदम दाहाल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x