साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो राष्ट्रका खातिर

पल्टाई जब मानचित्र म बसूँ हेरेर सन्झ्यालमा मेरो ध्यान कतै खिचिन्न जहिल्यै तानिन्छ नेपालमा । हर्षोल्लास लिई फिरोस् समय यो ठाडो बनाई शिर हे प्यारा जनता उठौन अब ता यो राष्ट्रका खातिर ।।

Nepal Telecom ad

उत्तम विचार :

आयो तन्त्र नयाँ हिजो मुलुकमा भन्दै छ यो लोकले
भर्छन् शासकले भुँडी सकसमा बाँच्दै छ ऊ भोकले ।
हामी एक भयौँ भने मुलुकको फेरिन्छ यो तस्बिर
हे प्यारा जनता उठौन अब ता यो राष्ट्रका खातिर ।।१।

आफ्नै डम्फु बजाउलान् दलहरू देलान् त्यसैमा मन
बन्ला उन्नत राष्ट्र यो सब जुटे गर्नन् कुनै चिन्तन ।
मात्रै दास बनी सह्यौँ अति गरे तोड्नै छ यो जन्जिर
हे प्यारा जनता उठौन अब ता यो राष्ट्रका खातिर ।।२।

अर्काको भरमा बिते दिनहरू छन् रात काला हुँदै
हाँस्ने आस त्यसै टरे वदनका जो बाँच्दछन् खुम्चँदै ।
बज्लान् घन्ट कतै न शङ्ख सुनियोस् छन् माँसिदै मन्दिर
हे प्यारा जनता उठौन अब ता यो राष्ट्रका खातिर ।।३।

पल्टाई जब मानचित्र म बसूँ हेरेर सन्झ्यालमा
मेरो ध्यान कतै खिचिन्न जहिल्यै तानिन्छ नेपालमा ।
हर्षोल्लास लिई फिरोस् समय यो ठाडो बनाई शिर
हे प्यारा जनता उठौन अब ता यो राष्ट्रका खातिर ।।४।

छोडौँ बेच्न युवा यही मुलुकमा उद्योगधन्दा गरौँ
मेलापात पुगौँ हिँडी समयमा बेँसी र टारी झरौँ ।
साथै हुन् परिवार साउन सधैँ खाए सरी होस् खिर
हे प्यारा जनता उठौन अब ता यो राष्ट्रका खातिर ।।५।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
चुपचाप !!!

चुपचाप !!!

उत्तम विचार
सङ्कल्प !

सङ्कल्प !

उत्तम विचार
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x