साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश- ५४)

अग्ला साहस खुल्दछन् डगरमा छन् वृद्ध साथै भने । टन्टा, ताप,तनाव छैन दिलमा सङ्कष्ट टाढा बने ।। उम्दा हर्ष मिलेर रम्दछु म ता सन्मार्ग सङ्लो खने । पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

आऊन् कष्ट तुषारतुल्य भवमा बाटो समाधानको ।
दिन्छन् योग्य लिए खुली मनुजले सद्भावका धारको ।।
भाग्छन् कष्ट हुरी तुषार पथका सत्प्रेम राखी चुने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।६१।।

भाका , भूल गरी स्वयम् पर सरे सङ्कष्ट बढ्छन् भरे ।
पाको बुद्धि सपार्छ कृत्य हितको जानूँ म खोजी गरे ।।
चिन्तास्रोत निमोठ्न सक्दछु स्वयम् छन् ज्ञान खोजेँ भने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।६२।।

आऊन् कष्ट अनेक भिड्दछु स्वयम् ऊर्जा छ उल्लासको ।
खुल्छन् ज्येष्ठ उमेर बोल्दछ बुता सामर्थ्यको ज्ञानको ।।
मिल्छन् वृद्ध पुजेर ज्ञान युगका सन्मार्ग सच्चा खने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।६३।।

अग्ला साहस खुल्दछन् डगरमा छन् वृद्ध साथै भने ।
टन्टा, ताप,तनाव छैन दिलमा सङ्कष्ट टाढा बने ।।
उम्दा हर्ष मिलेर रम्दछु म ता सन्मार्ग सङ्लो खने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।६४।।

आऊन् साथ युवा लिई कृत कला बाँडेर रम्नेछु म ।
भावी काल उचाल्न शास्त्र अघिको पस्केर जम्नेछु म ।।
त्यागी सक्रियता बसी भवनमा के मिल्छ अल्छी बने ?
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।६५।।

०००
सुम्बेक, इलाम नगरपालिका वडा नं ०२, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
माता यी पतिकी मुमा सरह नै…

माता यी पतिकी मुमा...

दीनानाथ पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x