साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुबा र आमा सधैँ हँसाऔँ

अपार राम्रो स्वदेश  हाम्रो  हुनेछ गर्दा अनाज रास। तथापि हामी  भएर टाढा सदैव आमा हुने निराश।। डटेर नानी पिएर पानी, स्वदेश हाम्रो सफा बनाऔँ । नबिर्स हाम्रो परम्परा याे, बुबा र आमा सधैँ हँसाऔँ ।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

मनुष्य हामी असाध्य, ज्ञानी  भनेर  मात्रै हुँदैन नानी ।
बुबा र आमा विशेष ठानी,प्रसन्न राख्ने गराैँ न बानी।।
हुँदैन टाढा गएर, हामी  स्वदेशमा  नै सदा रमाऔँ ।
नबिर्स हाम्रो परम्परा याे, बुबा र आमा सधैँ हँसाऔँ ।।१।।

बसेर भाेकाे कसेर  पेटी खला र  खेती अनेक जाेडे ।
विचार अग्लो हिमालजस्तै लिएर हाम्रो भविष्य गाेडे।।
अशक्त बन्दा चटक्क छाडी,भुलेर टाढा कतै नजाऔँ ।
नबिर्स हाम्रो परम्परा याे, बुबा  र आमा सधैँ हँसाऔँ ।।२।।

छ बाध्य भन्दै अशेष आफ्ना समस्त टाढा विदेश बस्छन् ।
बुबा र  आमा  बिराम  पर्दा  भएन हेर्ने  भनेर रुन्छन् ।।
अवश्य हेर्दा यही छ चाला दिमाग केही यता लगाऔँ ।
नबिर्स हाम्रो परम्परा याे, बुबा  र आमा सधैँ हँसाऔँ ।।३।।

अपार राम्रो स्वदेश  हाम्रो  हुनेछ गर्दा अनाज रास।
तथापि हामी  भएर टाढा सदैव आमा हुने निराश।।
डटेर नानी पिएर पानी, स्वदेश हाम्रो सफा बनाऔँ ।
नबिर्स हाम्रो परम्परा याे, बुबा र आमा सधैँ हँसाऔँ ।।४।।

०००

हाल- काठमाडाैं 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
आधार ज्येष्ठको होस्

आधार ज्येष्ठको होस्

काशीनाथ मिश्रित
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x