साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश- ६०)

लामो काल अवश्य बाँच्नुछ भनी हेक्का उमारी दिए । अज्ञानीपनका अकृत्य पथ छन् त्याग्ने सुशिक्षा दिए ।। यस्ता सत्पथ पारखी जनविषे आनन्द पस्क्यौँ भने । पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

बढ्नेछन् मनमा अनेक द्विविधा अज्ञान हावी बने ।
हट्छन् उल्झन कर्मका डगरका सद्ज्ञान साथी बने ।।
ज्ञानी मानव चिन्दछन् कृत सही जागेर लागे भने।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।९१।।

लोभी बन्नु हुँदैन कर्मपथमा लाग्दा सही ज्ञान होस् ।
दानी बन्नु हुँदैन दुष्ट पथमा यो भाव जागा रहोस्।।
भाग्छन् कष्ट विकार कर्मपथका यो ज्ञान राख्यो भने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।९२।।

मान्छे मानिस नै बने कल कतै पर्दैन भन्छन् सुधी ।
सङ्ला जीवनज्ञान चिन्न म सकूँ छामेर उम्दा गुदी।।
पक्कै मानव बन्न सक्छु भवको सत्कर्म सङ्लो चुने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।९३।।

अग्ला साहस भर्नुपर्छ हित होस् हुन् वृद्ध द्यौता गनी।
सक्दा पालन गर्न उद्धत थिए भोकै बसे हुन् पनि ।।
यस्ता सद्गुण कृत्य पालक रमून् यो भाव पक्र्यो भने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।९४।।

लामो काल अवश्य बाँच्नुछ भनी हेक्का उमारी दिए ।
अज्ञानीपनका अकृत्य पथ छन् त्याग्ने सुशिक्षा दिए ।।
यस्ता सत्पथ पारखी जनविषे आनन्द पस्क्यौँ भने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।९५।।

०००
सुम्बेक, इलाम नगरपालिका वडा नं ०२, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
माता यी पतिकी मुमा सरह नै…

माता यी पतिकी मुमा...

दीनानाथ पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

दीनानाथ पाेखरेल
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x